• गौरीगंज / गौरीगंज गाउँपालिकाको फत्तेपुर नाकाको दशगजा क्षेत्रमा पुगेर ‘ गो ब्याक इन्डिया’ नारा लगाउदै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

    गौरादह बहुमुखी क्याम्पस र कृषि क्याम्पस गौरादहको इकाई समिति नेपाल विद्यार्थी संघको संयुक्त अगुवाईमा आज विहान दसगजादेखि ५ सय मिटर टाढाबाट ‘भारतीय विस्तारवाद मुर्दावाद, गो ब्याक इन्डिया, हाम्रो भूमि, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाउदै दशगजा क्षेत्रमा पुगी उनीहरुले कोणसभा गरेका थिए । कोणसभा भइरहेको समयमा भारतीय प्रहरीले भने चुपचाप सुनिरहेका थिए ।

    उनीहरुले भारती नागरिकलाई आफ्नो फोन सेट दिएर कार्यक्रमको भिडियो र फोटो खिच्न लगाएका थिए । कालापानी, लिपुलेक र लिम्पुवाधुरा भुभाग नेपालको हो भन्दै यी क्षेत्रहरु भारतले जारी गरेको राजनीतिक नक्सामा समावेश गरेकोमा आपति जनाउदै भारतीय नक्सा तत्काल सच्चाउन विद्याथीहरुले माग गरेका थिए । कोणसभामा विद्यार्थी नेता महेन्द्र भट्टराईले भारतीय विस्तारवाद नीतिको विरोध गरेको भन्दै नेपालको एक टुक्रा जमिन पनि अतिक्रमण गर्न नदिने बताउनु भयो ।

    नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीले कालापानी, लिपुलेक र लिम्पुवाधुरा क्षेत्र कुनै पनि हालतमा भारतले फिर्ता गर्नु पर्ने बताउनु भयो । कोणसभामा कमल नेविसंघ सभापति जितेन साम्पाङ्क राई, गौरादह कृषि क्याम्पसका नेविसंघ इकाइ सभापति कुशल लामिछाने, गौरीगंज बहुमुखी क्याम्पसका स्ववियु सभापति देव ताजपुरिया लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन नेविसंघ गौरादह नगर सभापति बाबुराम नेपालले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…