• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीजको आशन्न निर्वाचनका लागि ४ अध्यक्ष सहित ३९ जनाको उम्मेदवारी परेको छ । यहि पुष ९ गतेदेखि १२ गतेसम्मे हुने ४६ औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृृत्व चयन गर्नेछ । जसका लागि १ अध्यक्ष ४ कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ जनाको कोटामा ३९ जनाको उम्मेदवारी परेको हो । नेपाल जेसीजको विधान अनुसार निर्वाचन हुन डेढ महिना अघि नै उम्मेदवारहरुले नेपाल जेसीजमा आफ्नो उम्मेदवारी दर्ता गरीसक्नु पर्नेछ । जस अनुसार दर्ता गरिएको उम्मेदवारहरुको नामवली नेपाल जेसीजले हालै सार्वजनिक गरेको छ । जसमा ३९ जना उम्मेदवारहरुको नामवली प्रकाशन गरेको छ ।
    १ अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा पथरी जेसीजका संस्थापक अध्यक्ष अशोक शंकर, बिसहजार जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनाल, काभ्रे जेसीजका पूर्व अध्यक्ष विकास मानन्धर र तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष विनोद सुवेदीको उम्मेदवारी परेको छ । अध्यक्ष पदका सबै उम्मेदवारहरु मत माग्न देशदौडाहमा छन् ।
    यसैगरी ४ कार्यकारीणी उपाध्यक्षका लागि १२ जनाको उम्मेदवारी परेको छ । जसमा बुधवारे जेसीजबाट अत्युल प्रसाई, देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ, त्रिभूवननगर जेसीजबाट लालमणी भण्डारी, गैडाकोट जेसीजबाट गोकुल सापकोटा, भकुण्डेबेसी जेसीजबाट रुकमणी सिग्देल, हेटौडाँ जेसीजबाट अरुणकुमार दाहाल, नवलपुर जेसीजबाट कृष्णप्रसाद अर्याल, पाटन लेडी जेसीजबाट सुर्मिता शर्मा, नारायणगढ जेसीजबाट अर्जुन अधिकारी, हेटौडाँ लेडीबाट शोभा खरेल, बुटवल जेसीजबाट राजेन्द्र घिमिरे र बालाजु जेसीजका संस्थापक अध्यक्ष श्रीराम पौडेलको उम्मेदवारी परेको छ ।
    यसैगरी, १२ जना उपाध्यक्ष पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । जस अन्तर्गत सैनामैना जेसीजबाट बिमल जनवाल, झुम्का जेसीजबाट पुष्प कार्की, धनकुटा सिटी जेसीजबाट सुरेश कार्की, लेटाङ जेसीजबाट मनिष सूर्य मगर, गितानगर जेसीजबाट कृष्ण सापकोटा, दुहवी जेसीजबाट कञ्चन झा, बालकोट जेसीजबाट रमा प्याकुरेल, लम्की जेसीजबाट रामबहादुर बोगटी, मलङ्वा जेसीजबाट अनवर हुसेन, टिकापुर जेसीजबाट गणेश साउद, बौनिया जेसीजबाट धिरज शाही, सिदार्थ जेसीजबाट राकेश गुरुङ, उदयपुर जेसीजबाट सन्तोष गुप्ता, हेटौडा जेसीजबाट सन्देश डिसी, सौराह जेसीजबाट शिवप्रसाद भुषाल, रामेछाप जेसीजबाट राजकुमार खत्री, लाल्दुमनगरकोट जेसीजबाट मञ्जु शाह ठकुरी, विरता जेसीजबाट बिशाल थापा, रत्ननगर जेसीजबाट विश्वास श्रेष्ठ, भलबारी जेसीजबाट गोबिन्द पंगेनी, शुक्लागण्डकी जेसीजबाट मनिष श्रेष्ठ, शारदानगर जेसीजबाट सन्तोष घिमिरे र टङ्कीसिनवारी जेसीजबाट प्रदिप प्रसाद बरालको उम्मेदवारी परेको छ ।
    सबै उम्मेदवारहरुले आफ्नोृ प्रमोशन विभिन्न माध्यमबाट गरिरहेका छन् । कति उम्मेदवारहरु विभिन्न शाखामै पुगेर मत मागिरहेका छन् भने कतिले सञ्चारमाध्यम तथा फेसबुकमार्फत प्रचार गरिरहेका छन् । अध्यक्षका उम्मेदवारहरु भने सबै शाखामा गएर आफ्नो एजेण्डासहित आफ्नो प्रमोशन गरिरहेका छन् ।
    रत्ननगर जेसीजको आतिथ्यतामा हुने महाधिवेशनमा देशभरबाट करिब २ हजार जेसीजकर्मीहरुको चितनवनमा जमघट हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…