• धरान । धरानमा पुर्व माओवादीका जिल्ला सदस्य प्रेम बहादुर लकान्द्री सहित पुर्व माओबादीका १ सय भन्दा बढि स्थानियकार्यकर्ताहरुबुधवार नेपालीकांग्रेश पार्टी प्रबेश गरेको भोलि पल्टनै धरान–१७ बाट करिब ५० भन्दा बढि पुर्व माओबादीका स्थानिय कार्यकर्ता सहित १ सय स्थानिय बिहिबार कांग्रेसमा प्रवेश गरेका छन ।
    १७ नं वडाको डांडा घोपाकापुर्व माओबादीका नेता राजेश घिसिङ, ईन्द्रेणी मार्ग टोल विकाशकाअध्यक्ष पुर्व माओवादीका नेता इन्द्रबहादुर राई, माओबादीका पुर्व लडाकू समेत रहेका माओबादी निकट अखिल नेपाल सुकुम्बासी मञ्चका अध्यक्ष सुर्यबहादुर तामाङको नेत्रित्वमा विभिन्न टोलबाट युवा सहित पाका उमेरका वडाबासी नेपाली कांग्रेसको जय नेपालको नारा लगाउदंै पार्टीमाप्रवेश गरेकाथिए ।


    रेल्वेचौकमा कांग्रेसले आयोजना गरेको चुनाबीकोण सभामा भएको पार्टी प्रवेश पछि बोल्दै डांडा घोपाका राजेश घिसिङ्गले धरानमा विमान स्थल बनाउन नेकपा बाधक भएको बताए । उनले स्थानियको सहमतिमा डाँडा घोपामा ७ बिगाहा जमिन उपलब्ध भएपनि निर्माण गर्ने बिषयमा सरकार कानमा तेल हालेर सुतेको बताए । त्यस्तै इन्दे्रणी टोलका इन्द्रबहादु राईले आफु माओबादीको शैलीले वाक्कभएर कांग्रेसमा प्रवेश गर्न बाध्य भएको बताए । उनले भने ”मनमा ढुङ्गा राखेर पार्टी छोड्दैछु यो मेरो बाध्यता र स्थानिय बिकाशको चाहना हो गाँऊको बिकासका लागि परिवर्तन आवश्यक रहेकाले कांग्रेसको चाततारे झण्डा बोक्न बाध्य भए“ । सुकुम्बासी नेता सुर्यबहादुर तामाङ्ग कम्युनिष्ट बिकासको बाधक र गरिब जनताको दुश्मनभएको महशुसभएर धनिको पार्टी भनेर चिनिने कांग्रेस प्रवेश आफ्नो खुशिले प्रवेश गरेको बताए ।२८ बर्ष नेपकाले धरानमा सरकार बनाउदा पनि सुकुम्बासी समस्यानगरेको बताउदैंउनले नेकपाको नजरमाहामीउनिहरुको भोट बैंक मात्र बनेको यथार्थ रहेको बताए ।


    नवप्रवेशीकार्यकर्तालाई नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले टीका र माला लगाएर पार्टी प्रवेश गराएकाथिए । २०७४ सालको स्थानिय तहको निर्वाचनको आधारमा पुर्व माओबादी, पुर्व एमाले पछि कांग्रेस वडा नं १७मा तेस्रो स्थानमा खुम्चएको थियो भने सुनसरी जिल्लामा धरान उपमहानगरपालिकाको वडा–१७ मात्र तत्कालिन माओबादीले जितेको थियो ।
    एक साताभित्रमात्रै धरान १३, धरान १७ र धरान १७ कै पटनाली , धरानको भानुचौकबाट पुर्व माओवादीका सयौं कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका थिए। उनिहरुलाई फरक फरक कार्यक्रममा मेयरका उम्मेद्वार तिलक राई र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर बिश्वकर्मा, बरिष्ठ नेता रामचन्द्र पौड्यालले पार्टीमा प्रवेश गराएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…