•  

    कैलालीको अत्तरीयाबाट एक होटल सञ्चालक महिलालाई बालिकालाई देह व्यापारमा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

    गोदावरी नगरपालिका–२ अत्तरियाको राजु होटलकी सञ्चालिक गौरादेवी रानालाई बालिकालाई देह व्यापारमा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

    आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई काम लगाईदिने भन्दै देह व्यापारमा संलग्न गराएइको आरोपमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    बालिकालाई होटलमा आउने पुरुष ग्राहकसँग जबरजस्ती अनैतिक सम्बन्ध राख्न बाध्य पारेको आरोपमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

    काठमाडौंमा काम खोजी रहेकी वालिकालाई अत्तरीया ल्याएर रानाले होटलमा कामदारको रुपमा राखेर देह व्यापार गराएको प्रहरीको दाबी छ।

    रानाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार अन्र्तगत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …