• काठमाडौं : वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको शुक्रबार बिहान निधन भएको छ। लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको शुक्रबार थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो।

    गुरुवाचार्यले अन्तर्राष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस (एपी)को काठमाडौँस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष काम गरेका थिए। उनले जापानको ‘माइनिची सिम्बुन’ दैनिक पत्रिकामासमेत नेपालस्थित प्रतिनिधि बनेर काम गरेका थिए। उनले नेपालबाट हिमाललाई विश्व समुदायमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उनकै अगुवाइमा नेपाल वातावरण पत्रकार समूह गठन भएको हो।

    गुरुवाचार्यले अमेरिकाको इन्डियाना युनिर्भसीटी, ब्लुमिङ्टनबाट पत्रकारितामा स्नातकोत्तर गरेका थिए। उनको शनिबार अन्त्येष्टि हुनेछ। स्व गुरुवाचार्यका श्रीमती, छोरी र छोरा छन्। उनका छोरा विनाज पनि पत्रकारितामा सक्रिय छन्।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…