• उपनिर्वाचनको मिति नजिकिदै जाँदा धरानमा चुनावी माहौलाको सन्दर्भमा के कसो हुँदै छ त् ?
    यसै सन्दर्भमा नेकपाका एक नं. प्रदेश सदस्य अइन्द्रविक्रम बेघासँग गरिएको कुराकानीको अंश ।

    धरानको चुनाव प्रचारको क्रममा मतदाताहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
    धरानमा जनताले अझै नेकपाको आवश्यकता महसुस गरेकोे पाएँ । धरानको मुहार फेर्न, विकास र समृद्धिको गतिलाई अगाडि बढाउन, नगर सरकारसँग प्रदेश सरकार र संघीय सरकारलाई जोडेर बजेट अत्याधिक ल्याएर विकासलाई तिव्रता दिनकोलागि आम(नागरिकले नेकपालाई विश्वास गरेका छन् ।

    धरानवासीले फेरि पनि नेपाल कम्युनिस्ट पार्टीलाई नै जिताउँछन् भन्ने आधार के हो ?
    यो पहिलो त वामपन्थीहरुको किल्ला हो । यसकारण यहाँको जनता जहिले पनि अग्रगमन र परिवर्तनको पक्षमा मत जाहेर गर्छन् । दोस्रो अहिले तीनै तहको सरकारलाई जोडेर विकासलाई तिव्रता दिने अवस्था छ । यसको निम्ति यो सालको करिव डेढ अर्ब बजेट आउनु, विकासका कार्यहरु जस्तै पुलहरु धमाधम निर्माण हुनुदेखिलिएर अन्य विभिन्न क्षेत्रमा गरिएको बजेट विनियोजन र कार्यन्वयनको हिसावले थप अरु काम अगाडि वढाउन सहज अवस्था भएको छ । तेस्रो हाम्रो पार्टीको उम्मेदवार सक्षम, जुझारु र ईमानदार भएकोले । चौथो विगतका नेकपाका सरकारले गरेका जनपक्षीय कामहरुका कारण जस्तै ः वृद्धभत्ता, एकल महिला भत्ता, लगायतका सामाजिक सुरक्षा भत्ताहरु, देशलाई लोडसेडिङ मुक्त गराउनु । पाँचौं आमुल परिवर्तनको निम्ति राष्टिूय राजनीतिमा नेकपाले खेलेको अतुलनीय भूमिकाको कारण नयाँ युगको जन्मदाताको अर्थवाट यी यावत तथ्य र योगदानको आधारले धरानको जनताले नेकपा र नेकपाको उम्मेदवार प्रकाश राईलाई जिताउनेछन् ।

    धरानको समृद्धि र विकासका लागि नेपाल कम्युनिष्ट पार्टीको योजना र नीति के छ ?
    यहाँको मुख्य योजनाहरु जस्तैः खानेपानी आयोजनाको उचित व्यवस्थापन गर्ने, वसपार्क निर्माण तिव्रगतिमा अघि वढाउने, सेउती सर्दु करिडोर निर्माण गर्ने, विमानस्थल निर्माण प्रकिया अगाडि वढाउन लाग्ने, यहाँको धार्मिक पर्यटन प्रवद्र्धनार्थ कार्ययोजना तयार गर्ने, सुकुम्वासी व्यवस्थापन गर्न घर नम्बरको प्रक्रिया सकेपछि धनिपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन कानुनी र प्राविधिक तयारी गर्ने ।
    करको समस्या अहिले जुनरुपमा उठाइएको छ, यस वारेमा कर प्रणालीलाई जनतामैत्री बनाइने, सडक निर्माण तथा अन्य खेलकुद लगायतका पूर्वाधारहरु निर्माण गर्ने लगायतका अन्य थुप्रै कार्ययोजनाहरु तयार गरेका छौ जुन हामीले चुनावी घोषणापत्रमा विस्तृत रुपमा उल्लेख गरेका छौ । त्यही कार्ययोजना नै हाम्रो पार्टी र मेयरका उम्मेदवार प्रकाश राईको कार्ययोजना हो ।

    धरानको नगरप्रमुखमा प्रकाश राईको उम्मेदवारीलाई जनताले कसरी लिएको पाउनुभएको छ ?
    यहाँको समग्र विकास र प्रगतिलाई नगर सरकारसँग जोड्ने अथवा जनता र सरकार जोड्ने पुलको रुपमा लिएका छन् । किनभने, उहाँलाई काम लगाउन जनताले सहज र सरल ढंगले सक्छन् । प्रकाश राईको उम्मेदवारीको सबैभन्दा सुन्दर पक्ष उहाँको व्यक्तित्व हो । उहाँ धरानवासीका साथी वा आफन्तका स्थानमा रहेर काम गर्न सक्ने मान्छे हो । उहाँमा अनावश्यक तडकभडक वा विलासिता छैन । उहाँ शालिन, सरल, बौद्धिक र मिजासिलो स्वभावको हुनुहुन्छ । त्यसैले उहाँलाई जिताउनु धरानवासीले आफ्नै मान्छे जिताएको अपनत्व ग्रहण गर्ने अवस्था छ ।

    प्रतिस्पर्धीको तुलनामा नेकपाका उम्मेदवार प्रकाश राई नै विजयी हुने आधार के छन् ?
    उहाँ लोकप्रिय नेता हुनुहुन्छ । माथि भनिए झैँ सबै जनतालाई समान दुरिमा राखेर काम गर्न सक्नुहुन्छ । ईमानदारिता र त्याग उहाँको विशुद्ध परिचय हो । अर्को कुरा उहाँ विगत लामो समयदेखि धरानमै रहेर वामपन्थी राजनीति र समाजिक सेवामा क्रियाशिल भएका नाताले धरानको वस्तुस्थिती बारे जानकार व्यक्ति हुनुहुन्छ । विकासप्रेमी जुझारु पनि हुनुहुन्छ । धराने जनताको मनोविज्ञानलाई राम्ररी वुझ्नुभएको छ ।

    निकट्तम प्रतिस्पर्धी पार्टीका उम्मेदवार र नेकपाका उम्मेदवार दुवैजना राई भएको अवस्थामा राईको मत विभाजनको अवस्था के देख्नुहुन्छ ?
    जातीय मत विभाजन भन्दा पनि धराने जनताले जहिल्यै पनि परिवर्तनको पक्षमा मतदान गर्दै आएका छन् । यसपटक पनि धरानवासीले यही नै गर्छन्। राई समुदायको मत विभाजनभन्दा पनि राजनीतिक, सामाजिक, आर्थिक हिसाबले परिवर्तनको पक्षमा जो छ उसैलाई मतदान गर्नेछन् । धरानमा रहेका सबै जातीय समुदायहरुलाई हेर्दा पनि अहिलेको अवस्थामा जनताको पक्षमा लड्ने पार्टी नेकपाको उम्मेदवार प्रकाश राईको पक्षमा मत जाने अवस्था छ । किनकि यहाँका जनताले जातको आधारबाट भोट लगाएको अहिलेसम्मको चुनावमा देखिएको छैन । यो शहर आदिवासी जनजाति बाहुल्य शहर हो । तर यहाँको जनताले आदिवासी जनजाति ईतरका नेता र नेतृत्वहरुलाई परिवर्तनको पक्षमा भारी मत दिएको ईतिहास छ । दुवै राई उम्मेदवार भएपनि धरानवासीले यसमा अब्बल, सक्षम र धरानको विकासको संवाहक प्रकाश राईलाई छान्नेछन् ।

    नगरप्रमखुका अन्य आकांक्षीहरुमा गजेन्द्र लिम्बू र अमर इजमको उम्मेदवारी छ, यो अवस्थामा लिम्बू समुदायको मत के होला ?
    समुदायगत मतका बारे माथि नै भनिए झैँ सामन्यतया १÷२ मत तलमाथि होला तर धरानको मतको मुल ‘टूेण्ड’ जातीयता वा समुदायको आधारवाट विभाजन हँुदैन ।
    यसरी विभाजन नै भयो भनेपनि हाम्रो उम्मेदवार प्रकाश राई योग्य, सक्षम र धरानवासीको चाहनाको उम्मेदवार भएको र उहाँले प्रतिनिधित्व गरेको पार्टीको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को ‘सुखी धरान, समृद्ध धरान’ को नीतिका कारण प्रकाश राईलाई नै अत्यधिक मत जानेछ ।

    कर, खानेपानी र नगरपालिकाको काम कारवाहीकाबारे जनतामा विशेष असन्तुष्टी देखिन्छ, यसलाई यो चुनाव र प्रकाश राईको उम्मेदवारीले के कसरी सम्बोधन गर्ला ?
    समस्या र गुनासा छन् तर बजारमा जुन स्तरको हल्ला र प्रचार गरिएको छ त्यो गलत छ । त्यति हदसम्मको समस्या वा गुनासो होइन । करको पुनरावलोकन गर्न सकिन्छ, त्यो हुन्छ । यसमा केही समस्या छैन तर समस्या तीललाई पहाड बनाउनु चैँ समस्या हो । करलाई जनतामैत्री बनाउने हो । यो हाम्रो घोषणापत्रमै उल्लेख भएको प्रतिवद्धता हो । खानेपानीको समस्यावारे विभिन्न हल्ला छ । यसमा के हो भने धरानलाई खानेपानीको आवश्यकता छ । यसको मर्मवोध सवैलाई छ ।
    तर यसमा राजनीति गर्न खोजिएको छ । विपक्षी साथीहरुले यो गलत गरिरहेकाछन् । आन्तरिक वा बाह्य जे समस्या भएपनि वार्ता संवादवाटै यसको सहि व्यवस्थापन गरेर अगाडि वढ्नुपर्छ । अहिले केही बिग्रेको छैन । हामीले धरानकै सम्पत्ति जोडिरहेका छौ । सरकार जनताको वारेमा खास केही दरार म देख्दिन । कार्यसम्पादन गर्दा नेतृत्वको शैलीका बारे बढि प्रश्न उठाइएको छ । नियत सफा हुँदाहुदै मानवीय स्वभावजन्य कुराले केही भ्रमहरु सिर्जना गरेको हुन सक्छ । त्यसलाई मिलाएर सच्याएर लैजाने हो । यी यावत कुराहरुको व्यवस्थापन गर्न र नेतृत्व गर्न कामरेड प्रकाश राई सक्षम हुनुहुन्छ । उहाँले नगरप्रमुख पद सम्हालेपछि यी सबै समस्या सामान्य भएर जानेछन् ।

    केही छुटेका छन् की ?
    अब हुने मंसिर १४ को उप-निर्वाचनमा प्रकाश राईलाई सूर्य चिन्हमा मतदान गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वलाई विजयी गराइदिनहुन अनुरोध गर्छु ।
    यसले धरानको विकासको गतिलाई अघि वढाउन हामीलाई सहज हुनेछ । प्रकाश राईको विजयले हामीले तयार गरेको कार्ययोजनालाई लागू गराउने वातावरण बन्नेछ । यसकोसाथै, हामीले धरानका सबै समस्याहरुलाई प्रकाश राईको नेतृत्वमा जोडेर घोषणापत्रका आधारमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ । All rights to related news-https://www.aujarnews.com/

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…