• कास्की।   नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी कानुन पत्रकारिता सम्मानबाट पुरस्कृत भएका छन्। शिवाकोटीसँगै युनिमीका महासचिव जीवन भण्डारीलाई समेत न्यायिक पत्रकारिता सम्मानबाट पुरस्कृत गरिएको छ।

    डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा पत्रकारद्धय शिवाकोटी र भण्डारीलाई सम्मान सहित पुरस्कृत गरेको हो। हाम्राकुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकोटी र राष्ट्रिय समाचार समिती (रासस) का उप–सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिए।

    पोखरामा शुक्रवार आयोजित डिएलएको बार्षिक साधारणसभाका अवसरमा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले पत्रकार शिवाकोटीलाई कानुन पत्रकारीता सम्मान तथा भण्डारीलाई क्रियासिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गरेका हुन्।

    साधारणसभामा देशभरबाट डिएलएका प्रतिनिधीहरु सहभागी थिए। साधारणसभाले पोखरा धोषणा-पत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिए। प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना वि.स २०४७ मा वरिष्ठ कानुनविद् स्व. लक्ष्मण प्रसाद अर्यालको नेतृत्वमा भएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…