• धरान। रिक्त रहेको धरान उप–महानगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण मोहन पालीखेलाई बिजयी गराउन वडाबासीहरुलाई नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आग्रह गरेका छन्। उनले पलीखे इमान्दार, सरल र स्वच्छ छविका स्थानीय नेता भएको र कांगेसका जुझारु नेता भएकाले भोट दिनुस भन्दै विजयी गराउन अपिल गरेका छन्।

    'निर्वाचित भएर जनताको चाहाना अनुरुप उनले बिकास निर्माणको काम गर्ने छन गलत काम गर्ने छैनन् तपाईंहरुले वडामा पलीखेलाई र नगरमा तिलक राईलाई भोट दिनुस उनिहरुको बन्धकी म बस्न तयार छु' उनले भने।

    १४ गते हुने उपनिर्वाचन लक्षित गरि नेपाली कांग्रेसले आयोजना गरेको कोणसभामा बिहिबार सांझ बोल्दै विश्वप्रकासले नेकपा सरकारको कार्यकाल भर बुद्धभत्ता बढेको भनेर भोट लिई रहने पाटीलाई भन्दा गाँस, बास, कपास, भौतिक निर्माण, स्वास्थ्य, रोजगार जस्ता पक्षमा काम गरेका कांग्रेसका कार्यर्यतालाई वडा र नगरमा बिजयी गराउन आव्हान समेत गरे।

    वडा नं ७ को पानवारी बस स्टेनमा आयोजना भएको कोणसभामा वडा नं ७ का उम्मेदवार पलीखेले वडाबासीको उत्साह र लहरले आफ्नो जित सुनिश्चित समेत भएको दाबि गरे। वडाबासीको अमूल्य मतलाई खेर नजाने गरि काम गर्ने योजना रहेको बताउदै एक पटक मौका दिन वडाबासीलाई आग्रह गरे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…