• काठमाडौं । द भ्वाईस अफ नेपालमा टप ९ मा पुग्न सफल मोरङ उर्लाबारी निवासी मेचु धिमालको उत्कृष्ठ प्रस्तुतिले दर्शक दिर्घाको मन छोएको छ । ‘नेपाली हामी रहौला काँहा नेपाललै नरहे बोलको गीतमा दर्शकहरु भावुक नै भए , तारिफ पनि कमि थिएन् ।
    सधै फरक तथा अब्बल प्रस्तुतिका साथ प्रस्तुत हुने मेचुले राष्ट्र र राष्ट्रियताको सवाल पनि गीतको विच विचमा उठाईन् । जसको कारणले प्रस्तुति उचो भएको थियो ।

    मेचुको आजको प्रस्तुतिले सामाजिक सन्जालमा निक्कै राम्रो प्रतिक्रियाहरु पाएको छ । सामाजिक सन्जालमा जगन कार्की लेख्छन्, तराईको अल्पसंख्यक धिमाल समुदायबाट त्यो पनि महिला राष्ट्रिय लेभलमा गीत गाउने मैले अहिले सम्म सुनेको छैन । गायन पनि उत्तिकै राम्रो यो प्रस्तुति सुनेर कसको आँखा नरसाउला ?
    माटोको माया कसैलाई बढी छ भने वास्तवमा यहाँका रैथाने हरूलाई छ, शोषित , उत्पीडीत हरूलाई छ ।
    कार्की जस्तै थुप्रैले मेचुको प्रस्तुतिमा राम्रो प्रतिक्रिया दिएका छन ।

    https://www.youtube.com/watch?v=zlr7pi5NHQE&feature=share&fbclid=IwAR0RKlGwcojRQPqxa7NFsObgYCgeUHsPpiKOodhlWB_gK7HKomfJDgpGDwU

    आज भ्वाइस अफ नेपालमा उत्कृष्ट गीत प्रस्तुत गरेकी मेचु टप ९ मा पर्दा अन्जु राना मगरले स्टेज छोड्नु परेको थियो । भोली मेचुसहित बलबहादुर राजवंशी र राम लिम्बूमध्ये एकले स्टेज छोड्ने छन् । तीन मध्ये बलबहादुरको भोट सर्वाधिक ल्याएका थिए भने रामले पनि राम्रै भोट पाएका थिए । तीन जनामध्ये आज पनि मेचुले कम भोट पाएकी थिइन् । मेचुलाई भ्वाइस अफ नेपालको स्टेजमा फेरी पनि देख्न चाहनुहुन्छ भने भोट अत्याधिक गर्नुहोस् । नेपालबाट म्यासेज वक्समा गएर ०६ टाइप गरी ३७००० मा पठाउनु होला ।

    https://www.youtube.com/watch?v=oLxwRAA9eQU&t=108s

    https://www.youtube.com/watch?v=UC6ICm2v9hQ&t=364s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…