• काठमाडौँ । साउदी अरबले करार अवधि नसकी रोजगारदाता छाडेर अवैध रुपमा बस्ने कामदारलाई पुनः साउदी प्रवेशका लागि आजीवन प्रतिबन्ध लगाउने भएको छ । आप्रवासी कामदारले रोजगारदाता छाडेर अर्को कम्पनीमा काम गर्नेक्रम बढ्न थालेपछि यस्तो नयाँ कानुन जारी गरेको हो । त्यस्ता कामदारलाई थप ६ महिना जेल र ५० हजार रियाल जरिवानासमेत तिर्ने नियम ल्याएको साउदीको अध्यागमन विभागले जनाएको छ ।

    रियादस्थित नेपाली दूतावासले समेत नेपाली कामदारलाई रोजगारदाता छाडेर अन्यन्त्र नजान अपिल गरेको छ । ‘साउदीमा हप्तारदस दिनमा नै कम्पनी राम्रो नरहेको, भने अनुसार सुविधा नदिइएको, मेडिकल नगरेको, मेसको खानाले आफूलाई सञ्चो नगरेको, बिरामी हुँदा कम्पनीले उपचार नगरेको लगायत कारण देखाइ काम छोड्ने नेपालीको संख्या पछिल्ला दिनमा बढेको देखिन्छ’, दूतावासद्वारा जारी सूचनामा छ, ‘तसर्थ, साउदी अरबमा आइसकेपछि यहाँको रोजगारीमा कफला पद्धतिको भूमिकाबारे थोरै भए पनि जानकारी राख्न अनुरोध छ ।’

    ‘काम मन परेन भनेर गरिरहेको काम छोड्ने काम गर्दै नगर्नुहोस् । यसले समस्या समाधानमा झन् जटिलता थप्ने एवं कफिललाई मात्र बलियो बनाउँछ । तपाईंका समस्या राजदूतावासमा राख्नुहोस् तर काम र आवास नछाड्नुहोस्’, दूतावासले भनेको छ, ‘दूतावासले समस्या समाधानमा गर्ने प्रयासमा रोजगारदाता ९कफिल० र तपाईंलाई नेपालबाट पठाउने म्यानपावर व्यवसायीले गर्ने सहयोगमा निर्भर गर्दछ । राजदूतावासमा समस्या राख्दा बढाइचढाइ दोषारोपण मात्र गर्ने प्रकारले नराख्नुस्, यथार्थ समस्या राख्नुहोस् ।’

    काम र आवासमा रहेर नै समस्या समाधान सहज हुने दूतावासको भनाइ छ । पछिल्लो ४ महिनामा मात्रै दूतावासले १ सय ६ जना भागेका कामदारलाई स्वदेश पठाएको छ । दूतावासले समयमा तलब नपाएका १९ सय २६ जनालाई तलब दिलाएको, एक सय ११ जनालाई बहिगर्मन भीसा दिलाएको, १३ सय ७६ कामदारको अकमा ९परिचयपत्र० नवीकरण गरेको जनाएको छ । दूतावासमा झन्डै ९ हजार कामदारले टेलिफोनबाट आफ्ना समस्या टिपाएका थिए ।’कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…