• काठमाडौं, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने रणनीति अनुसार अगाडि बढेका छन् । उनले विगतमा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीसँग भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा लचिलो हुनुमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लक्ष्य नै मुख्य कारण देखिएको छ ।

    प्रचण्डले शनिबार विहान बाग्लुङ जानुअघि त्रिभुवन विमानस्थलमा ऋषि धमलासँग भने, ‘संविधान संशोधन गरेर प्रत्यक्ष राष्ट्रपतिको प्रणालीमा जानुपर्छ ।’ देशमा स्थायी सरकारका लागि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेको प्रचण्डको जिकिर थियो ।

    दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले विगतमा पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विषय उठाउँदै आएका थिए । उनले यसपटक प्रधानमन्त्री ओलीसँग गरेको सहमतिमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने विषय पनि रहेको बुझिएको छ । प्रचण्डले पनि प्रधानमन्त्री ओलीसँग यस विषयमा कुराकानी भएको खुलासा गरे ।

    १५ जेठमा ऋषि धमलाले प्राइम टाइम टेलिभिजनका लागि लिएको अन्तवार्तामा प्रचण्डले ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलाएका थिए । यसले राजनीतिक तरंग समेत ल्याएको थियो । प्रचण्डले पछिल्लो पटक नेकपाको अध्यक्षका रुपमा कार्यकारी अधिकार समेत पाएपछि आलोपालो सहमति इतिहास भइसकेको बताएका थिए । ओलीलाई पाँच वर्ष पूरा कार्यकाल सम्हाल्न दिने र यसै अवधिभित्र संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने गरी प्रचण्ड अगाडि बढेका छन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने लक्ष्य लिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…