• म्याग्दी जेसीजको आयोजनामा यहि मंसिर १० गतेबाट जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुँदैछ । ‘जेसीज कप’ को नामले परिचित यो प्रतियोगिता १८ औँ संस्करण हो । यस जिल्लाको वल्र्ड कप मानिएको प्रतियोगिताको औपचारिक उद्घाटन भने ९ गते नै हुनेछ । खेल सञ्चालन भने १० गतेबाट हुने छन् । प्रतियोगिताको सबै तयारी पुरा भइसकेको छ । म्याग्दी जिल्लाकै प्रतिष्ठाका रुपमा रहेको यो प्रतियोगिताको सेरोफेरोमा रहेर म्याग्दी जेसीज वर्ष २०१९ का अध्यक्ष खमबहादुर थापा मगरसँग गरिएको कुराकानी प्रस्तुत छ ?

    १. म्याग्दी जेसीजले आयोजना गरेको जेसीज कपको बारेमा स्पष्ट पारिदिनु न ?
    – म्याग्दी जेसीजले विशेषतः सामाजिक गतिविधिहरुमा आफ्नो गतिविधिहरु सञ्चालन गर्ने गर्दछ । युवाहरुको क्षमता विकासका लागि विभिन्न प्रकारका कार्यक्रमहरु पनि गर्ने गरिन्छ । तर म्याग्दी जेसीजले विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले सन् २००० बाट अन्तर माध्यमिक विद्यालय स्तरीय जेसीज कप फुटबलको सुरुवात गरिएको हो । कक्षा १० सम्म अध्ययन गर्ने छात्रहरु जो फुटबल खेल्छन् उनीहरु विद्यार्थी जीवनको अन्तिम लक्ष्य भनेको जेसीज कप फुटबल खेल्नु हो । यसले म्याग्दी जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएको छ । जेसीज कप म्याग्दी जिल्लाको वल्र्ड कप हो भन्दा फरक पर्दैन । त्यही सिलसिलामा अहिले हामी १८ यही मंसिर ९ गतेदेखि १४ गतेसम्म १८ औं जेसीज कप फुटबलको तयारीमा जुटेका छौं ।

    २. तयारी कस्तो भयो ?
    – अहिलेसम्म लगभग सबै तयारी पुरा गरेका छौं । विद्यालयहरुमा पत्राचार, मञ्च व्यवस्थापन, छपाई, सचिवालय व्यवस्थापनका तयारी अन्तिम चरणमा पुगेको छ ।
    ३. १८ वर्षदेखि निरन्तर भइरहेको छ । यो कसरी सम्भब भइरहेको छ ?
    – यो सबै म्याग्दीवासी सम्पूर्ण दाजुभाइहरुको सहयोग, विद्यालयहरुको उत्साहजनक सहभागिताले सम्भाव भएको हो । हामीलाई सबै भन्दा गाह्रो भनेको आर्थिक व्यवस्थापन नै हो । सुरुवातीका दिनहरुमा मुस्कीलले ५,७ टिमको सहभागिता हुन्थ्यो । तर पछिल्लो समयमा २४ विद्यालयहरुले सहभागिता जनाएको अवस्था हो । यसले हामीलाई जेसीज कप फुटबल निरन्तर गर्नुपर्छ भन्ने हौसला जागेको छ । सम्भवत यति लामो सिरीज चलेको गेम यही नै होला जस्तो लाग्छ । त्यसैले पनि देश तथा विदेशमा रहनु भएका शुभचिन्तकहरुको साथ, सहयोगले जेसीज कप फुटबल सञ्चालन गरिरहेका छौं । त्यस्तै हाम्रो फुटबल प्रतियोगिता सञ्चालनका लागि सन्तोष श्रेष्ठ स्मृति कोष

    ४. सधैँ वर्षहरु भन्दा यो वर्ष के फरक हुँदैछ ?
    – स्वभाविक रुपमा सबै गतिविधिहरु, कार्यक्रमहरु विगतका भन्दा फरक नै हुन्छन् । यद्यपी जेसीज कप फुटबल प्रतियोगिता यस पटक हामीले केही फरक गर्ने सोचमा छौं । पहिलो पटक हामी रनिङ्ग शिल्ड ट्रफि लिएर विद्यालयहरुमा पुग्यौ । जसले विद्यार्थीहरुलाई धेरै नै हौसला प्रदान गरेको छ । मेडेल, ट्रफि लगायत कुराह पनि केही फरक बनाउन खोजेका छौं । खेल सञ्चालनका विधिहरु त उस्तै उस्तै नै हो । तर नयाँ ढंगले व्यवस्थापन गर्ने योजना बनाएका छौं ।

    ५. दर्शकको त अति नै घुइचो हुने गरेको सुनिन्छ । के रहस्य छ त्यस्तो यो प्रतिया्गितामा यस्तो क्रेज बढ्नुमा ?
    – मैले माथि पनि भने जेसीज कप भनेको म्याग्दी जिल्लाको वल्र्ड कप नै हो । जेसीज कप जित्नु भनेको प्रतियोगिता जित्नु मात्र होईन समग्र म्याग्देलीको मन जित्नु हो । पहिचान, प्रतिष्ठा कायम गर्नु हो । जेसीज कपको लागि खेलाडीहरुल झन्डै २,३ महिनादेखि जेसीज कपको तयारी गर्छन् विद्यार्थीहरुले । अझ यसो भनौं म्याग्दीमा यसको छुट्टै पहिचान छ । दर्शक, खेलाडी सबैको प्रतिक्षित गेम पनि जेसीज कप त्यही भएर पनि होला ।

    ६. पुरस्कारको बारेमा स्पष्ट पारिदिनु न । कुन कुन क्षेत्रमा कति कति पुरस्कार छ ?
    – वास्तवमा म्याग्दी जेसीज पुरस्कारको लागि भन्दा पनि प्रतिष्ठाको लागि विद्यालयहरुले सहभािगता जनाउने गर्दछन् । प्रतियोगिताको लोकप्रियताको अनुसार यो पुरस्कार रासी एकदमै कम हो । यद्यपी प्रतियोगिताको लोकप्रियतासँगै हामीले समय अनुसार पुरस्कार परिमार्जित गर्दै आएका छौं । जस्तो
    विजेतालाई ः जेसीजकप (रनीङ्ग), ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु ५१,०००।– र उप विजेतालाई ः ट्रफि, मेडल, प्रमाण पत्र र नगद रु ३१,०००।– उत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजिङ्ग प्लेयर, उत्कृष्ट कोच लाई ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु २,५००।– अनुशासित टीमलाई ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु ७,७७७।– को व्यवस्था गरेका छौं ।

    ७. यस प्रतियोगितामा आर्थिक सहयोग त अत्यन्तै धेरै संकलन भइरहेको देखिन्छि कति उठाउनु भयो अहिलेसम्म ?
    – हाम्रो खर्चको औसतमा सहयोग त उठाउनै पर्छ किन भने हामीसँग कोष छैन । सबै खर्च आर्थिक सहयोग संकलन गरेर नै व्यवस्थापन गर्नुपर्छ । अहिले ठ्याक्कै यति संकलन भयो भन्ने छैन यद्यपी हामी आर्थिक सहयोग संकलन कै क्रममा छौं । जे होस् खर्च मिट गर्ने तरिकाले संकलन भईरहेको छ ।

    – मैले माथि पनि भने हामीले आर्थिक सहयोग संकलन गरेर नै खर्च व्यवस्थापन गर्ने गरेका छौं । अक्षय कोषबाट वार्षिक रुपमा हामीलाई ३५ हजारको हाराहारीमा व्याज रकम प्राप्त हुन्छ । विभिन्न अवार्डहरुबाट पनि केही रकम प्राप्त हुन्छ अन्यथा हामीले सबै रकम आर्थिक सहयोग संकलन गरेर नै व्यवस्थापन गर्नुपर्छ । झन्डै ७ लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ ।

    ९. यो प्रतियोगिताका लागि भनेर यस जिल्लामा विद्यार्थी खेलाडीहरु नै किन्ने गरेको सुनिन्छ नी के भन्नुहुँन्छ ?
    – विद्यार्थी नै किन्ने भन्ने चाहि होईन । राम्रो गेम खेल्ने खेलाडीलाई अर्को विद्यालयले आफ्नो विद्यालयमा अफर गर्नु स्वभाविक हो । यसलाई नकारात्मक रुपमा भन्दा पनि सकारात्मक रुपमा लिनुपर्छ जस्तो लाग्छ । राम्रो गेम खेल्ने खेलाडी अर्को विद्यालयमा निःशुल्क रुपमा पठन पाठन गर्न पाउँछ, छात्रवृत्ति पाउँछ भने त्यसलाई पनि जेसीज कपले दिएको अवसरको रुपमा लिनुपर्छ भन्ने लाग्दछ ।

    १०. आयोजक भित्र यो प्रतियोगितालाई कसरी व्यवस्थापन गर्दै हुुनुहुन्छ ? टिमको कसरी बाडफाड गर्नु भएको छट जानकारी पाउ न ।
    – जेसीज कपको यो लामो सिरीजसम्म आईपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै विभिन्न अनुभूति सगाल्दै यहाँ सम्म आएका छौं । अझै यसलाई व्यवस्थित, मर्या्दित बनाउनका लागि विभिन्न उप समितिहरु बनाएर तयारी गरेका छौं । हरि भण्डारीको मूल संयोजकत्वमा विभिन्न २१ वटा उप समिति बनाएर प्रतियोगितालाई व्यवस्थापन गरेका छौँ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…