• एजेन्सी । मानव अधिकारको लागि काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापार शैलीले मानवधिकारको लागि खतरा बनाएका छन् ।

    एम्नेस्टीले एक रिपोर्ट जारी गरेको छ जसमा यी प्रविधी कम्पनीले गर्ने ‘ठूलो स्तरको निगरानी’ प्रति चिन्ता व्यक्त गरेको छ ।

    मानव अधिकार संगठनहरुका दावी अनुसार यी प्लाटफर्म ठूलो स्तरमा ‘मानवाधिकारलाई नोक्सानी पु¥याउने अवस्था सिर्जना गरिरहेको छ ।’

    फेसबुकले रिपोर्टप्रति असहमती व्यक्त गरेको छ । कम्पनीले आफ्नो प्लाटफर्मले मानव अधिकारलाई सशक्त बनाइरहेको टिप्पणी गरेको छ ।

    रिपार्टमा गूगललाई संसारको ९० प्रतिशतभन्दा बढी खोजको लागि प्रयोग गरिने सर्च इन्जिन बताइएको छ । त्यस्तै संसारको एक तिहाई जनसंख्याले हरेक दिन फेसबुक प्रयोग गर्ने पनि रिपोर्टमा लेखिएको छ ।

    एमनेस्टीका महासचिव कूम नायडूले रिपोर्टको व्याख्या गर्दै भने ,‘ अरबौं मानिस फेसबुक र गूगलले निर्धारण गरेको सर्तभन्दा बाहिर गएर यसलाई प्रयोग गर्न सक्दैनन् ।’

    ५८ पृष्ठको रिपोर्टमा एम्नेस्टीले गूगल र फेसबुकको व्यापार मोडलको कारण ‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ भइरहेको उल्लेख गरेको छ ।

    मानव अधिकार संगठनले प्रविधि कम्पनीहरुले तिनको व्यापार मोडेलमा ‘मौलिक परिवर्तन’ ल्याउनु पर्ने आवश्यक रहेको बताएको छ ।

    एमनेस्टीको भनाईमा फेसबुक र गूगलले तिनको सेवा प्रयोग गरेबापत शूल्क लिदैंनन् तर उपभोक्ताको व्यक्तिगत तथ्याकंहरु तिनले आफ्नो फाइदाको लागि उपयोग गर्ने गर्छन् ।

    रिपोर्टले क्याम्ब्रिज एनालिटिका प्रकरणको उदारण दिएर फेसबुकले उपभोक्ताको व्यक्तिगत तथ्याकंलाई कसरी प्रयोग गरिरहेको बताएको छ ।

    एमनेस्टीले सरकारसँग प्रयोगकर्ताको तथ्याकं सुरक्षित गर्नको लागि कानून बनाउन र प्रविधि कम्पनीले अपनाएको ‘निगरानीमा आधारित व्यापार मोडल’मासुधार गर्न भनेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…