धरान / धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई जिताउन भोजपुर थातथलो भई धरान बस्दैं आएका भोजपुरेहरुले घरदैलो अभियान शुरु गरेका छन् । करिव ५ हजार घरधुरी संख्यामा राम्रो कामको जानकारी गराउदैं अभियान शुरु गरको हो ।
अभियानका लागि नेकपाको केन्द्रीय सदस्य जयन्ती राईको संयोजकत्वमा घरदैलो टोली बनाएको भोजपुर सरोकार समाजकी अध्यक्ष कमला राईले जानकारी दिइन । टोलीमा नेकपाका क्रन्द्रीय सदस्य हरि राई, संविधानसभा सदस्य किरण राई, नेकपा जिल्ला कमिटी भोजपुरका अध्यक्ष प्रेम राई, जिल्ला कमिटी सदस्य धुर्व राईलगायत रहेका छन् ।
धरान १८ नेकपा पार्टी कार्यालयमा आज भएको भेलाले मंसिर १४ सम्म धरानमा बसेर भोजपुरबाट धरानमा आएका स्थानीयहरुसँग भोट माग्ने अभियान आजदेखि शुरु गरिएको केन्द्रीय सदस्य जयन्ती राईले जानकारी दिइन् । भेलामा प्रदेश माननीय सावित्री श्रेष्ठ, नेकपा प्रदेश सदस्य डिवि शाह शंकरलगायतको उपस्थिति रहेको थियो ।