•  

    उर्लाबारी ।  मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्था लिमिटेड उर्लाबारी—७ ले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै संस्थाका विषयमा विभिन्न पत्रिका अनलाईनमा प्रकाशित समाचारको खण्डन गरेको छ ।

    संस्थाका व्यवस्थापक अशेषकुमार थापाले विज्ञप्ति सार्वजनिक गर्दै उर्लाबारी – ४ निवासी कमला तामाङको जग्गा संस्थामा धितो राखेर कर्जा लिएको भएपनि उक्त ऋण चुक्ता भइसकेको जनाएका छन् । संस्थामा कमला तामाङका नाममा ऋण कारोवार छैन् । पत्रपत्रिका अनलाईनमा कसरी समाचार आयो हामीले बुझिरहेको छैनौं, व्यवस्थापक थापाले भन्नुभयो ।

    संस्थाका अध्यक्ष धु्रवचन्द्र पराजुली र सचिब मात्रिका प्रसाद दाहाललाई संस्थासँग जोडेर समाचार लेख्नु पूर्व संस्थाका व्यवस्थापक वा अध्यक्ष, सचिवको राय समेत नलिएको थापाको भनाई छ । उहाँले भन्नुभयो, कमला तामाङले संस्थासँग आर्थिक कारोवार गरेको देखिन्छ तर पछिल्लो समय कुनै कारोवार छैन् ।

    मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष धु्रवचन्द्र पराजुलीले समेत कमला तामाङसँग म र मात्रिका प्रसाद दाहालको व्यक्तिगत कारोवारलाई संस्थासँग जोडेर समाचार प्रकाशन भएकोमो खेद प्रकट गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…