रेवती निरौला
सुन्दरहरैंचा । विभिन्न सामाजिक सेवाका काम गर्दै आएको दारी ग्याङ सुन्दरहरैंचाले बुढी खोला सरसफाई गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहि देशभर विभिन्न सामाजिक काममा संलग्न हुँदै आएको दारी ग्याङले शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका बीचमा पर्ने बूढी खोलमा सरसफाई गरेको हो ।
दारीग्याङमा आवद्ध युवाहरुले बूढी खोलमा पर्ने पूर्वपश्चिम पूल मुनीको क्षेत्रका साथै बूढीगंगा मुक्तिघाट क्षेत्र आसपासमा खोला सरसफाई गरेका हुन् । खासगरी खोलामा गत छठ पर्वको समयमा भएको फोहोरका साथै विभिन्न व्यक्तिहरुले फोहोर फाल्ने गरेकाले प्रदुशण बढ्दै गएकाले सरसफाईमा जुटेको दारीग्याङ सुन्दरहरैंचाका अध्यक्ष केशव वास्तोलाले बताउनुभयो । खोलामा खासै फोहोर उत्सर्जन नभइ बाहरीबाट फोहोर ल्याएर पुलमाथिबाट फ्याल्ने गरेकाले प्रदुशण बढेको उहाँको भनाइ छ । कुखुराको मासु बेच्ने फ्रेस हाउसहरुले फोहोर फाल्ने गरेकाले उनीहरुलाई सचेत गराउन आवश्यक रहेको वास्तोलाले बताउनुभयो ।
“कुखुराका पखेटा लगायतका फोहोर एकदम धेरै भेटियो, कुखुराको मासु बेच्नेहरुले पुलमाथिबाट फोहोर फाल्ने गरेकाले पुलमुनी धेरै नै फोहोर देखिएको छ ।” अध्यक्ष वास्तोलाले भन्नुभयो, “यसपटक त हामीले सफा ग¥यौं, फाल्ने काम नरोकिए जति नै सफा गरेपनि उस्तै हुन्छ, उनीहरुलाई यसबीषयमा सचेत गराउन आवश्यक देखिएको छ ।” उहाँले दुवै नगरपालिका र उद्योग वणिज्य संघहरुलाई फ्रेस हाउसहरुलाई खोलामा लगेर फोहोर नफाल्न सचेत गराउने विषयमा आग्रह गर्ने निर्णय समेत गरिएको अध्यक्ष वास्तोलाले जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा दारी ग्याङका करिव २ दर्जन सदस्यहरु सहभागी भएका थिए । सोही दिन बसेको दारीग्याङ सुन्दरहरैंचाको बैठकले यसै महिनाभित्र इटहरी र सुन्दरहरैंचाका विभिन्न विद्यालयमा क्यान्सर रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत गर्ने निर्णय गरेको सचिव उमेश सेञ्चुरीले जानकारी दिनुभयो ।