काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चौंथोपटक मृगौलाको डायलासिसको लागि धापासीस्थित् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेका छन् । हुन त नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको बताईएको छ । तर, डायलासिसको लागि नै प्रधानमन्त्री अोली ग्राण्डी गएको स्रोतको दाबी छ ।
यसअघि प्रधानमन्त्री ओलीले ग्राण्डीमा नै तीन पटक डायलासिस गराईसकेका थिए । पछिल्लो समय उनको मृगौलामा छिटो छिटो समस्या आएकोले उनी नियमित अस्पताल धाईरहेका छन् ।
मृगौलामा क्रियटिनिनको मात्रा बढेको छ । प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौलाको प्रत्यारोपण भएको थियो। चिकित्सकहरूले उनलाई डायलासिस वा मिर्गौलाको पूनः प्रत्यारोपणको विकल्प दिएका छन्।