• धरान÷आसन्न मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको प्रमुखको निर्वाचनमा धरानका मुस्लिमहरुले नेपाली काँग्रेसलाई मतदान गर्ने निर्णय गरेका छन् ।
    धरान उपमहानगर पालिकामा ३० औै बर्षदेखिको विरासतको राजनीति परिवर्तन हुनुपर्ने पक्षमा देखिएका मुस्लिमहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । मुस्लिम एकता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ धरान ९ स्थित मुस्लिम सघका केन्द्रीय सदस्य अलिम अन्सारीको निवासमा बद्री नाथ श्रेष्ठ, हाजी मुर्तजा मन्सुरी लगायतको उपस्थितिमा मुस्लिमहरुको सोमबार भएको एक भेलाले परिवर्तनका लागि यसपटक नेपाली काँग्रेसलाई मतदान गर्नुको विकल्प नरहेको बताएका छन् ।

    केन्द्रीय सदस्य अलिम अन्सारी (सत्रुघन) ले दिनुभएको जानकारी अनुसार हाल नेपाली काँग्रेसको चुनावी अभियानमा सक्रिय हुन एक से एक जना मुस्लिम समिति नै गठन गरिएको छ । धरानमा मुस्लिम मतदाताको संख्या ६७५ रहेको छ । यस भन्दा अगाडि धरानका मुस्लिमहरुले एमालेमा मतदान गर्दै आएका थिए । तर माधव कुमार नेपालले धरानमा मदर्सा निर्माणका लागि ५ कट्ठा जग्गा उपलब्ध गराउने भनेर दिएको आश्वासन पूरा नगरेको भन्दै धरानका मुस्लिमहरु नेकपामा मतदान नगर्ने पक्षमा यसपटक पुगेका छन् ।

    दुई बर्ष अगाडि भएको धरान उपमहानगरपालिकाको निर्वाचनमा समेत तत्कालीन नगर प्रमुख तारा सुब्बाले समेत जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । तर उनले समेत मदर्साका लागि जग्गा नदिएकोे मुस्लिमहरुले बताएका छन् । झुटो आश्वासनको पछि अब आफूहरु नलाग्ने भन्दै धरानको विकासका लागि नेपाली काँग्रेसलाई मत दिन आग्रह समेत गरेका छन् । भुटाहाका भोटर्स रहेका, जल्पापुरमा भाटेर्स रहेका एक दुईजनाले भागपुरका सिलाई कटाइ मजदुरलाई एमालेको जुलुसमा हिडाएर कस्लाई देखाउन खोजेको हो भन्दै प्रश्न समेत गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…