काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टरको मृ त्यु भएको छ । मृ त्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका प्रभु जोशी रहेको नयाँ बानेश्वर प्रहरी वृत्त तीनकुने जनाएको छ।
संघीय संसद भवनको १ नम्बर गेट अगाडी आइतबार बिहान ६ः१५ बजे दु र्घ टना भएको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिए । डाक्टर जोशी सिभिल हस्पिटलभित्रै बस्दै आएको र मर्निङवाकका लागि निस्कँदा दु र्घ टनामा परेको हवल्दार साहीले बताए।
तीनकुने प्रहरीका अनुसार सवारीको ठक्करबाट जोशीको टाउको क्षतविक्षत भएको थियो । उनको घट ना स्थलमै मृ त्यु भएको हो । ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ ।
ठक्कर दिने सवारी चालकको खोजी भइरहेको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए। अन्नपूर्णबाट ।