• भक्तपुर ।
    उपनिर्वाचनमा भाग लिएका र भूमिगत रहेका बिभिन्न पार्टी, पार्टीका भातृ संगठनका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
    भक्तपुर नगरपालिका १० कमलविनायकको एक पार्टी प्यालेसमा बिभिन्न पार्टी परित्याग गरि नेकपा प्रवेश गर्ने ३९४ जनालाई भक्तपुर क्षेत्र नं. २ का सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले टीका, खादा र माला लगाईदिएर पार्टी प्रवेश गराउनु भएको छ ।

    नेकपाका केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनु भएका सांसद बस्नेतले नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा तथा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका गरि ४०० भन्दा बढी युवाहरुलाई पार्टी प्रवेश गराउनु भएको हो ।

    आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको संघारमा विभिन्न पार्टीमा सक्रिय रहेका व्यक्तिहरु पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भव्य कार्यक्रमको दृश्य थियो यो ।

    नेकपा प्रवेश गर्नेमा चाँगुनारायण ईन्जिनियरिङ्ग कलेजका २१ जना ईन्जिनियर सहित नेपाल तरुण दलका नेता विशाल थापा र जीवन श्रेष्ठको नेतृत्वमा ५७ जना तरुण युवाहचानपा ४ का ने.का. वडा सदस्य सन्तोष खत्री, लक्ष्मण ढुङ्गेल, रामेश्वर गौतम, केवल लामिछाने लगायत रहेका छन् ।

    त्यसैगरि नेमकिपा परित्याग गरि नेकपा प्रवेश गर्नेहरुमा चाँगुनारायण क्षेत्रका रामप्रसाद लागेजू, राजेन्द्र लिगल, नातीकाजी लागेजू, हरिचन्द्र गैडा, सुरेन्द्र लागेजू, महेन्द्र लागेजू र सुनिल लिगलको नेतृत्वमा १८ जना नेकपा प्रवेश गरेका छन् ।
    त्यस्तै राप्रपा संयुक्तबाट युवक संगठनका केन्द्रीय सदस्य एवं उपत्यका संयोजक प्रकाश लामिछानेको नेतृत्वमा राप्रपाका अपाङ्ग समन्वय समितिका केन्द्रीय उपाध्यक्ष कृष्ण भक्त लागेजू सहित १६ जनाले नेकपा प्रवेश गरेका छन् ।

    नेकपा माओवादी विप्लभको भातृसंगठन क्रान्तिकारी युवा संगठनका केन्द्रीय कोषाध्यक्ष राकेश श्रेष्ठको नेतृत्वमा चागुनारायण नगरपालिकाका बिभिन्न वडाका, मध्यपुरथिमिका र मोरङ्ग जिल्ला कमिटी सदस्य गणेश बहादुर पण्ठा सहित १६५ जनाले विप्लभ माओवादी त्यागेर नेकपा प्रवेश गरेका छन् । भक्तपुर नगरपालिका क्षेत्रका नेमकिपाका थप १० जना सहित बिभिन्न पार्टीका साधारण सदस्य समेत रहेका कार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…