२०७६ मंसिर ९ सोमवार
धरान ! देशका विभिन्न क्षेत्रहरुमा लिम्बुहरुको बस्ती रहेका क्षेत्रहरुमा हुने उपनिर्वाचनमा नेकपाका तर्फबाट सुर्यध्वजावाहक उम्मेदवारहरुलाई पुर्ण रुपमा सघाउँदै जित सुनिश्चित गराउने भएका छन् । जनता र राष्ट्रको आवश्क्यता र आकांक्षा अनुसार संविधानको थप परिमार्जन र विकाश गर्ने संकल्प व्यक्त गरेकाले आसन्न उपनिर्वाचनमा नेकपाका उम्मेदवारहरुलाई जिताउन सहयोग समितीनै गठन गरेको छ ।
संघीयता, गणतन्त्र, धर्म निरपेक्ष राज्य लगायत समानुपातिक समावेशी सिद्धान्त जस्ता महत्वपुर्ण राजनितिक उपलब्धीहरुलाई नयाँ संविधानमा संस्थागत गर्न नेकपाले प्रमुख नेतृत्वदायी भुमिका निर्वाह गरेकाले लिम्बुवान राष्ट्रिय मोर्चाले मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारहरुलाई सहयोग गर्ने भएको छ ।
मोर्चाले शनिबार पत्रकार सम्मेलन गर्दै सुनसरीको धरान उपमहानगरपालिकामा हुने प्रमुख र वडाअध्यक्ष पदका लागि उम्मेदवारलाई सघाउन मोर्चाका केन्द्रिय सहसंयोजक त्रिवेणी चोङबाङको संयोजकत्वमा १ सय १ सदस्य उपनिर्वाचन सहयोग समिती गठन गरेको छ । मोर्चाका संयोजक मुक्साहाङ मेन्याङबोका अनुसार जिल्लामा रहेका मोर्चाका ४० जना केन्द्रिय पदाधिकारी सहित साविक नेपाल लोकतान्त्रिक किरात संघ र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका जिल्लाका पदाधिकारीहरु समितीमा रहने भएका छन् ।
त्यसै गरि धरान बाहेक भक्तपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार देवी प्रसाद ढकाललाई सघाउन चित्रगुप्त साँवाको संयोजकत्वमा १ सय १ सदस्य सहयोग समिती गठन भएको छ । त्यस्तै पान्थरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्षका उम्मेदवार वीर बहादुर कुरुम्बाङलाई जिताउन पकन्दी लिम्बुको संयोजकत्वमा ५१ सदस्यीय र संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्षका उम्मेदवार तेज बहादुर पोखरेललाई जिताउन शशी लिङ्थेपको संयोजकत्वमा २५ सदस्यीय सहयोग समिती गठन गरेको छ । समितीले कार्य योजना बनाउने, लिम्बु जन्य संघसंस्थाहरु संग समन्वय गरि प्रचार प्रसारलाई तिब्र बनाउने मोर्चाका संयोजक मुक्साहाङ मेन्याङबोले बताए ।