धरान । धरानका काँग्रेस नेताहरुमा जनतालाई वुझाउन सक्ने ल्याकत नभएकाले काँग्रेसका केन्द्रिय नेताहरु धरान आउने गरेको नेपाल कम्युनिष्ट पाटी(नेकपा) का नेता भीम राई ज्वालाले वताएका छन् ।
सोमबार धरान–१६ स्थित नौलो वस्तीको कोण सभालाई संवोधन गर्दै नेता राईले सो कुरा वताएका हुन् ।उनले भने,‘धरानमा काँग्रेस नेताहरु धमाधम आइरहेका छन्,यहाँका नेताहरुमा वोल्ने क्षमता छैन,त्यसैले सभापति देउवा,पुर्व गृहमन्त्री,गगन थापा,प्रवतmा जस्ता नेताहरु जनतासँग कसरी वोल्ने भनेर सिकाउनको लागि आउने गरेका छन्।चुनाबी युद्धको मैदानमा भएकाले हारको मनस्थित लिएर काँग्रेस देशभरी लागेको आरोप उनको छ ।
सुकुम्वासीको उचित व्यवस्थापनको लागि नेकपाको नेतृत्वको सरकारले घर नम्बर वितरण गरेको,अव त्यसलाई प्रक्रियामा लगेर धनीपुर्जा समेत दिलाउने बताए । नेता राईले कोण सभामा तीन तहमा रहेको सरकारले धरानको विकासका लागि भौतिक पुर्वाधारको विकासको लागि
करौडौ वजेट समेत विनियोजन गरेकाले धरानले अव विकासको फड्को मार्ने पनि बताएका छन् ।