• धरान। धरान उपमहानगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष नरेश इवारमको नाम जोडेर उनको घरबाट ह ति यार सहित ८ जना प क्रा उ गरेको भन्ने समाचार प्रति वडा अध्यक्षले गम्भीर आपति जनाएका छन् ।
    आफु चुनावी प्रचार सकेर धरान–८ स्थित निवासमा सुतिरहेका बेला आफु प क्रा उ गरेको भन्ने गलत प्रचार भएकाे उनले बताए ।

    यता इलाका प्रहरी कार्यालय धरानका डिएसपीको ह वाला दिएर गरिएको प्रचार गलत भएको डिएसपी ढुण्डीराज न्यौपानेले बताएका छन् ।

    उनले फोन सम्पर्कमा भने–‘यो लगत अफवाह हो । वडा अध्यक्षको पुरानो घरमा बस्ने ३ जना सहित ८ जना युवाहरुलाई पक्राउ गरिएको हो । वडाअध्यक्षको नाम जो  डेर प्रचार गर्नु गलत हो ।’ हतियार र वि स्फो टक पदार्थ नभेटिएको उनल ेबताए ।
    उनका अनुसार साँझ ८ जनालाई धरान १५ निराजन बस्तीबाट नियनत्रणमा लिएको थियो । पक्राउ परेको दुई व्यक्ति चाही वडा अध्यक्षको पुरानो घरमा बसने गरेको भन्ने कुरा आएको छ ।

     

    निरञ्जन वस्तीबाट विप्लप समुहका चन्दाको पर्चा र नगद १ लाख सहित ८ युवालाई नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जानकारी दिए ।
    ‘उहाँको पुरानो घर भाडामा लगाएको घर रहेछ । उहाँको घरमा बस्ने दिपेश राईसहित पक्राउ परेका हुन । अनुसन्धान भइरहेको छ । वडाअध्यक्षलाई मुछेर प्रहरीको हवाला दिएर गरिएको प्रचार गलत भएको उनले बताए ।
    नेकपाको पक्षमा माहौल बन्दै गए पछि अतालिएर प्रतिपक्षहरुले गलत समाचार लेखाएको नेकपाका जिल्ला सदस्य तथा वडा अध्यक्ष नरेश इवारामले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…