रातोकलम अनलाइन।
नोभेम्बर-२६,क्वालालम्पुर।
मलेसियामा बिरामी परेका रुपन्देही रुद्रपुरका लोक बहादुर रानालाई नेपाली दुतावास मलेसियाको पहल र सकृयतामा तथा नेपाल आदिवासि जनजाति महासंघको आर्थिक सहयोगमा आज नेपाल पठाउने भएकोछ ।
राना मलेसिया ३ बर्ष अगाडि आएका थिए र हाल केही समय देखि अबैधानिकरुपमा जोहोरको एक गार्डेन कम्पनीमा काम गर्दै आएका थिए । उनले नेपाल जानको लागि तिर्नु पर्ने जरिवाना मलेसिया रिङगेट ७००/- आदिवासी जनजाति महासंघ मलेसियाले सहयोग गरेकोछ । उक्त सहयोग रकम नेपाल आदिवासी जनजाति महासंघका प्रबक्ता ईश्वर राईले बिरामी रानालाई दुतावासको रोहवरमा हस्तान्तरण गरेका हुन ।
गार्नेडेनमा प्रयोग हुने बिषाधिको असरले २ साता अगाडि सिकिस्त बिरामी परेका उनी केएल हस्पिटलमा रिफर भई आई सि यु मा भर्ना भएका थिए । नेपाली दुतावासको स्रोत अनुसार रानाको स्वास्थ सुधार भएको र उनलाई आज मलेसियाबाट दिउँसो ४ बजे नेपाल पठाईनेछ ।