दीप खादी लिम्बू,
मंसिर-१०,क्वालालम्पुर।
रोजगारीको सिलसिलामा मलेशियाको मलाका राज्य आइपुगेका एक नेपाली मजदुरको मेसिन द्वारा हात काटिएर सख्त घाइते भएका छन। वाई.एच.आई.(YHi) कम्पनीमा कार्यरत एक नेपाली कामदार मेसिन दुर्घटनामा परि गत सोमबार पुरै हात काटिएर गम्भीर घाईते भएको हो।
बारा जिल्ला कलैया-२२ ब्रहम्पुरी घर भएका दिपक साहकाे सोमबार राती ११:३० बजे कम्पनीमा काम गर्ने क्रममै मेसिनमा हात च्यापिएर दुर्घटना भई उनका दाहिने हात पुरै काटीएको सोही कम्पनीमा कार्यरत नेपाली कामदारले नाम नखुलाउने सर्तमा जानकारी गराएका हुन ।
हाल घाईते साहकाे उपचार स्थानीय अस्पतालमा कम्पनीको रोहबरमा भईरहेकाे छ । अस्पतालको डाक्टरकाे भनाई अनुसार अपरेसन उपचार सफल भएकाे छ। तर शरीरबाट बढी रगत बगेकाे कारण घाईते साह लामो समय बेहोस रहेका शाह अहिले होसमा आईसकेको रातोकलम अनलाइन मलेशिया सम्बादाता लाई जानकारी प्राप्त भएको छ ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        