प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट स्वास्थ्य सुधार तीब्र गतिमा भइरहेकाे भन्दै ट्विट गरेका छन् ।
उनले स्वास्थ्यलाभको शुभकामना दिने सम्पूर्णलाई उनलेे धन्यवाद व्यक्त गरेका छन् ।
‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ ओलीले ट्वीट गरेका छन् ।
ओलीलाई पेट दुखेपछि मङ्गलबार बिहान शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
यसैबीच प्रधानमन्त्रीकाे थप स्वास्थ्य उपचारका बारेमा चिकित्सकहरुकाे बैठक बस्दैछ । स्वास्थ्य अवस्था स्थिर र सुधारउन्मुख रेहेकाे उपचार टिमका संयाेजक प्रा डा अरुण सायमीले जानकारी दिएका छन् ।