रातोकलम अनलाइन।
क्वालालम्पुर,मंसिर-१२
मलेसियाको सेलाङ्गर पेतालिङ् जाया भित्र पर्ने वान उतामा ग्लोम्याक सेन्ट्रोमा सुरक्षागार्डको रुपमा कार्यरत खोटाङ जिल्ला हाल उदयपुर सिवाई निवासी टँक बहादुर सार्कीको बुधबार राती सुतेकै अवस्थामा निदन भएको छ।
स्वास प्रस्वाश अचानक समस्या भएको र घाटी फुलिएर स्वाँँ स्वाँँ गर्दै निधन भएको जानकारी संगै कम्पनीमा काम गर्ने भिम बहादुर श्रेष्ठले दिएको हो।डाक्टरको आधिकारिक रिपोर्ट भने आइसकेको छैन।
करिब करिब चार महिना अगाडी सार्की रोजगारीको लागी मलेसियाको मुवाज सेक्युरिटी फोर्स कम्पनीमा आइपुगेका थिए।मृतक सार्कीको शव अहिले पोस्टमार्टमको लागी मलेसियन प्रहरीको रोहबरमा स्थानीय अस्पतालमा राखिएको कम्पनी श्रोतले जानकारी दिएको छ।