देबु बानियाँ
बाहुण्डाँगी । नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आउन अब २७ दिने बाँकी छ । महाधिवेशन नजिकिँदै गएपछि यसको तयारीलाई समेत तिब्रता दिइएको छ ।
नेपाल जेसीजको आयोजना र रत्ननगर जेसीजको आतिथ्यतामा हुने ४६ औँ राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा यहि पुष ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । जसका लागि महाधिवेशनमा सहभागि जेसीजकर्मी तथा जेसीज शाखाहरुले धमाधम रजिष्ट्रेशन गर्न थालेका छन् । मंगलवारसम्ममा २० वटा शाखाका करिब ४ सय ५० जनाले रजिष्ट्रेशन गरिसकेका आतिथ्यता शाखा रत्ननगर जेसीजका निवर्तमान अध्यक्ष दिपेन्द्र शर्माले बताउनु भयो । उहाँका अनुसार मंगलवारसम्म रजिष्ट्रेशन भएका शाखाहरुमा दुहवी जेसीज, काभ्रे जेसीज, काभ्रे लेडी, कोहोलपुर जेसीज, कञ्चन जेसीज, गौरादह जेसीज, बौनियाँ जेसीज, दाङ लेडी जेसीज, झुम्का जेसीज, रामेछाप जेसीज, तुलसीपुर नगर जेसीज, उदयपुर जेसीज, धनकुटा लेडी जेसीज, व्यासनगर जेसीज, काठमाडौ लेडी जेसीज, सिद्धार्थ जेसीज, सल्यान जेसीज, अछाम जेसीज र पाटन जेसीज रहेका छन् । यसैगरी, बुधवार र बिहिवार रजिष्ट्रेशन गरिएका शाखाहरुको शुक्रवार स्टेटमेन्ट निकालिने शर्माले बताउनु भयो । महाधिवेशनका लागि दुहवी जेसीज मोरङ पहिलो रजिष्ट्रेशन गर्ने शाखा रहेको छ भने हेटौँडा जेसीजका पूर्व अध्यक्ष सिनेटर अरुणकुमार दाहाल पहिलो रजिष्ट्रेशन गर्ने व्यक्ति हुन ।
प्रि रजिष्ट्रेशन गर्नका लागि शिविल बैक तथा आइएमी पे एप्स डाउनलोड गरि आइएमइ पे को माध्यमबाट सोझै रकम जम्मा गर्न सकिनेछ ।
मंसिर २४ गतेसम्मका लागि प्रि रजिष्ट्रेशन गर्ने शाखाहरुका लागि होटलको व्यवस्था गरिने छ भने त्यसपछि भएका शाखाहरुले आफै होटलको व्यवस्थापन गर्नुपर्ने शाखाका अध्यक्ष सुभाष पोखरेलले बताउनु भयो । महाधिवेशनको मिति भन्दा १५ दिन अघि रजिष्ट्रेशन गरेमा शाखालाई तोकिएको होटलमा किट व्यागसहित ३ दिन अघि होटल र होटलको कोठा नम्बर शाखालाई म्यासेज गरिनेछ ।