• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीजको ४६ औँ महाधिवेशन नजिकिँदै गएपछि देशभरका शाखाहरुमा शाखा अधिवेशन धमाधम भइरहेका छन् ।
    रत्ननगरमा हुने जेसीजको महाधिवेशनका लागि शाखाहरुले आफ्नो शाखामा २०२० का लागि अधिवेशन धमाधम गरेका हुन् । अधिकांश शाखाहरुले जेसीजको महाधिवेशन भन्दा अघि गर्दै आएका छन् भने बाँकी रहेका शाखाहरुले महाधिवेशनबाट फर्केर गए पछि गर्नेछन् ।
    अधिवेशन भएका शाखाहरुमा पोखरा लेडी जेसीज, पोखरा जेसीज, पर्वत जेसीज, नारायणगढ जेसीज, बुटवल लेडी, काठमाडौँ जेसीज, रहेका छन् ।
    पोखरा लेडी जेसीजको वार्षिक अधिवेशनबाट २०२० का लागि शोभा भुजेललाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ । यसैगरी, पोखरा जेसीजमा शिव सापकोटा, पर्वत जेसीजका लागि रामु शर्मा, नारायणगढ जेसीजका लागि अनुज जोशी, बुटवल लेडी जेसीजका लागि कल्पना कुसुम, काडमाडौँ जेसीजका लागि मुकुन्द दाहाल अध्यक्षमा निर्वाचित भएका छन् । पर्वत जेसीजका रामु शर्मा बाहेक सबै सर्वसम्वत निर्वाचित हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…