सामाजिक सञ्जालमा भाइरल दम्पति इलाम, चुलाचुली–३ का ६७ वर्षिय सिँहप्रसाद लिम्बु र २१ वर्षिया पुजा लिम्बुको विषयमा मैले केही भन्नैपर्ने अवस्था आएको छ । वास्तवमा उनीहरुले रहरले नभई वाध्यताले विवाह गरेको कुरा हामीले स्थलगत रिर्पोटिङका क्रममा थाह पायौं । विगतमा दुई श्रीमतीको निधन भइसकेको र दुई श्रीमतीले छाडेर गएपछि वृद्ध अवस्थाका सिँहप्रसाद एक्लो महसुस गरिरहेका थिए भने पूर्व पतिले हेला गरेका कारण माइतमा बस्दै आएकी शारीरिक अपाङ्गता भएकी पुजा पनि कसैको सहारा खोजि गरिरहेकी थिइन् । सम्भवत संयोग नै भनौ–४७ वर्ष उमेर अन्तर भएपनि सिँहप्रसाद र पुजा विवाह बन्धनमा बाँधिएका छन् । पति–पत्नीबीच यतिको उमेर अन्तर भएपछि स्वभाविकरुपमा आम चासोको विषय बन्यो । र, सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो ।
[caption id="attachment_64068" align="alignnone" width="196"] रुपेन्द्र शेर्मा[/caption]
जव हामी स्थलगत रिर्पोटिङका क्रममा यी भाइरल दम्पतिको घर पुग्यौं । अवस्था दर्दनाक र कारुणिक लाग्यो । टाटिको बेरा र चुहिने छानो भएको छाप्रोमा ओत लागिरहेका यी भाइरल दम्पतिको अवस्था अत्यन्तै दयनीय रहेको छ । भेटका क्रममा यी दम्पतिले ओत लाग्ने राम्रो छानो र भित्ता भएको घरमा जीवन विताउन पाए स्वर्गको अनुभुती हुने र संसार उज्यालो भएको महसुस हुने मनसाय प्रकट गरेका कारण त्यहाँ उपस्थित सञ्चारकर्मी र स्थानीय सामाजिक अभियन्ताहरुको सरसल्लाहमा सर–सहयोग जुटाएर केही गरौँन त भनेर घर निर्माण समिति गठन गरिएको छ । जुन कार्यका लागि मेरो संयोजकत्वमा समिति गठन गरिएको छ । भाइरल तर, दयनीय अवस्थाका यी दम्पतिको सानो घर निर्माणका लागि सहयोग पुर्याइदिन देश–विदेशमा रहनुभएका मनकारी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक निवेदन गर्दछु । थोपा–थोपा मिली समुद्र बन्छ भने झैं तपाईको सानो सहयोगले यी दुखी दम्पतिले ओत लाग्ने छानो भएको घर प्राप्त गर्नेछन् । उनीहरुको संसार उज्यालो हुनेछ । अन्त्यमा सबैमा सहयोगको अपिल गर्दछु ।
संयोजक : रूपेन्द्र शेर्मा–९८४२०९२४०६, ९८०४०८६८०६
सचिव : वुद्धराज लिम्बु–९८१५९४८२२७
कोषाध्यक्ष : सुनकुमार केरुङ–९८१७९६१९६८
रुपेन्द्र शेर्माले सामाजिक सन्जालमा राख्नुभएको कुरा हामीले लिएका हौ ।