राज्य हुन त मुख्यतः भूगोल, राजनीतिक दल, जनता र सार्वभौम सत्ता हुन आवश्यक छ । सफल राज्य हुनका लागि यी चार तत्व सक्रिय र सबल हुन आवश्यक पर्छ ।
यी चारवटै तत्व सक्रियताका साथ अघि बढ्दा मात्रै राज्य अर्थात् देश अघि बढ्छ । यदि कथांकदाचित यीमध्ये कुनै एक कमजोर भए देश स्वस्थ रुपले अघि बढ्न नसक्ने निश्चित छ ।
तर, अहिले नेपालको अवस्थामा भने यी ४ तत्वमध्ये एक सार्वभौमबाहेक अरु सन्तोषजनक छैनन् ।लगभग दुई तिहाइ बहुमत ल्याउन सफल नेकपामा दुई पाइलट भए पनि जहाज कसले र कहिले उडाउने भन्ने अन्योल कायमै छ । त्यति मात्र नभएर अधिकार बाँडफाड मै लामो सयम खर्चिरहेको अवस्था छ ।
मुख्य मानिने पाइलट असक्त छन् । सहायक मानिने पाइलट सक्रिय छन् । तर पनि असक्त (मुख्ये) पाइलटले जेट विमान उडानका लागि सक्रिय पाइलटलाई कोपाइलटकै दर्जाका रुपमा राखिराखेका छन् ।
मुख्य पाइलट न त आफू जहाज उडान गर्न सक्छन् न त अर्का पाइलटलाई उडाउने अनुमति नै दिन्छन् । दुई पाइलटबीचमा आफैँ हाबी हुने कुरालाई एक किसिमले स्वाभाविकै मान्न सकिएला, तर जहाज सञ्चालक भने किन मौन छन् ? के जहाज सञ्चालक समितिको टिमलाई जहाजको आयु निश्चित हुन्छ । जहाज उडान नगर्दैमा जहाजको आयु यथावतै रहिरहन्छ भन्ने लाग्छ कि क्या हो ?
जहाज सञ्चालकहरुमा यदि यो मनोभाव छ भने यसलाई सञ्चालक समितिले सच्याउन आवश्यक छ । सञ्चालक समितिले उचित निर्णय लिन नसक्दा यतिखेर चारैतिरबाट नेपालको आकाशमा कालो बादल मडारिन थालेको अनुभूत आममानिसले गर्न थालेका छन् ।
अरु त परै जाओस् छिमेकी ठुलदाईले आफ्नो रुप देखाउँदै सीमाना आक्रमण गर्न थालिसकेको छ ।
नेपालनामक घरका घरमूली असक्त भएका तथा असक्त भए पनि आफ्नो जिम्मेवारी छाड्न नचाहेको र घरमूली हुन घरकै दाजुभइ मनमुटाव भइरहेको मौका छोपी ठूलदाइले औपचारिक रुपमै हमला गर्नुले आशंका उब्जाएको छ ।
यस्तो अवस्थामा मुख्य जिम्मेवारीबाट किनारा लागिसकेका र कम भूमिका भएकाहरुले दिने अभिव्यक्ति र गर्ने व्यवहारले पनि अझ निराशा हुने अवस्था सिर्जना गरेको छ ।
मुख्यतः राज्य हुनका लागि राज्यका महत्वपूर्ण मानिने भूगोलमाथि छिमेकी ठुलदाइले हमला गरेको छ । यस विषयमा नेपालका आन्तरिक ठूला दल सुरुवाती दिनमा एकै ठाउँमा देखिए पनि पछिल्लो समय आफूअनुकुल व्याख्या, एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
जसले राज्यका तत्वमध्ये उच्च रहेको नेपालको सार्वभौमसत्तामाथि नै हमला त हुँदै त छैन भन्ने प्रश्न उठन थालेको छ । तसर्थ सार्वभौम जोगाउन सबै एकै ठाउँ उभिन आवश्यक छ ।