• बिर्तामोड  । चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा प्रतियोगी २२ हजार मध्य सुमधुर स्वरका कारण दर्शक र निर्णाएकको मन जित्दै झापाको बिर्तामोडका २३ बर्षिय राम लिम्बुले टप ४ मा स्थान ओगटन सफल भएका छन ।उनी सँगै बिकास लिम्बु , आरिफ रौफ, र सानीश श्रेष्ठ पनि छनौट मा पर्न सफल भएका छन ।

    उनी हाल झापाली राष्ट्रिय कलाकार प्रमोद खरेलको टिम भित्र पनि परेका छन । सफल भएका हुन् । झापाको हल्दिबारीमा जन्मिएका राम हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् ।

    बिर्तामोडमा बिगत ५ बर्ष देखि सांगीतिक क्षेत्रमा सकृय नेपालिसियन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी आफ्नो सांगितिक यात्रालाई यहा सम्म आप्नै स्वरको चमात्कार देखाउदै पुगेका हुन ।



    ग्लोरी बोडिङ्ग स्कुलमा कक्षा १० सम्मको अध्ययन पश्चात् बाल्मिकी प्रोभिडियन्स कलेजमा अध्ययनरत उनी पूर्वबाट रियालिटी सोहरुमा सफलता पाउन नसकिरहेका अवस्थामा आफुले दर्शकको भरपुर साथ सहयोग पाउनेमा आशाबादी रहेका छन् । भोटिङ्ग आगामी शुक्रबार बेलुका कार्यक्रम शुरु भएसँगै बाट शुरु हुनेछ ।

    कार्यक्रम शुक्रबार र शनिबार बेलुका ८ बजेबाट प्रशारण हुदै आइरहेको छ ।उनलाई चाहानेले भोटिङ्ग गर्ने कोड ०८ टाईप गरि ३७००० नेपालको लागी विदेश बाट भोटिङ्ग गर्नको लागी Prabhupay App डाउनलोड गरेर पनि भोटिङ्ग ब्यवस्था गरिएको छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…