बिर्तामोड । चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा प्रतियोगी सनिश श्रेष्ठले टप ४ मा स्थान ओगटन सफल भएका छन ।उनी सँगै बिकास लिम्बु , आरिफ रौफ, र राम लिम्बू पनि छनौट मा पर्न सफल भएका छन ।
के भन्छन सनिस
मेरो घर कोटेश्वर, काठमाडौँ हो। बाल्यकालमा कहिलेकाहीँ मूलथलो गोरखा जाने गरिन्थ्यो। त्यहाँ हजुरबुबाले भजन गाउनुहुन्थ्यो। उहाँले गाएको देख्दा रमाइलो लाग्थ्यो। त्यहाँ भएका बाजागाजा बजाउन मन लाग्थ्यो। यसरी नै गीत–संगीतमा रुचि जाग्यो। कक्षा ८ मा हुँदा मैले गिटार बजाउन थालिसकेको थिएँ। गीत पनि गाउन थालेको थिएँ। अन्य बाजा पनि बजाउँथेँ। म्युजिकमा बढी ध्यान गएपछि पढाइ बिग्रँदै गयो।
प्लस टूमा म्युजिक पढ्न थालेँ। तर, पढाइलाई निरन्तरता दिन सकिनँ। कलेज छाडेपछि विगत तीन वर्षदेखि घरमै गिटार बजाउँदै गीत गाउँदै गरेको छु। तीनटा कभरसङ गरेको छु। द भ्वाइसमा छनोट भएपछि आमाबुबा निकै खुशी हुनुहुन्छ। यस कार्यक्रमबाट मैले जेजति सिकेको छु, त्यसले मेरो सांंगीतिक जीवनलाई अगाडि बढ्न बसघाउन पुर्याउनेछ। मेरो जीवनमा संगीतका अगाडि अरू सबै कुरा अर्थहीन छन्। गीतमा जिउनुको अर्थ पाउँछु।
घर परिवारको आग्रह
दी भ्वोइसमा आगामी चरणमा प्रवेश गर्नका लागि भोट आवश्यक पर्ने भएकाले भोटिङ गरेर सहयोग पुर्याइदिन सनिशकी आमा जमुना ढकाल श्रेष्ठले आग्रह गरेकी छिन्।
सनिशलाई अघि बढाउन र हौसला प्रदान आमा जमुना र बुवा विजय श्रेष्ठ निरन्तर लागिरहेका छन्।
‘सनिशको लक्ष्यले सांगीतिक जगतमा योगदान पुर्याउने नै भएकाले अहिले हामीले हौसला प्रदान गर्नुपर्ने छ,’ जमुना भन्छिन्, ‘त्यसका लागि भोट गर्नुहुने सबैमा मेरो विशेष आभार छ, धन्यवाद छ, यो सहयोग जारी रहने अपेक्षा गरेकी छु।’
यसरी गर्ने भोट
सनिश श्रेष्ठलाई नेपालबाट भोट गर्नका लागि ०९ टाइप गरी ३७००० मा पठाउनुपर्नेछ। त्यसैगरि कतारका लागि ०९ टाइप गरी ९२३०० र भारतका लागि ०९ टाइम गरी ५३०१० मा पठाउन सकिने छ।
https://www.youtube.com/watch?v=a0ChXOTYr2U