विजय धिमाल
जन्म संगै हरेक व्यक्तिले आफ्नो एक न एक कला वा प्रतिभा लिएर यो धर्तीमा आएको हुन्छ । कला वा गला भएपनि आफ्नो प्रतिभा प्रसफुटन गर्ने ठाउँ पाएको हुन्न । कला वा प्रतिभा प्रस्फुटन गर्न पाए पनि लाजले हो या डरले प्रस्तुत गर्न सकिरहेको हुदैन । पैसा भए सबै हुन्छ पैसा नभए केही हुन्न अहिले हाम्रो देशमा चलेको रियालिटी शो पनि यस्तै हो ।
सन्दर्भ नेपालमा अहिले चल्दै आएको रियालिटी शो । द भ्वाईस नेपाल होस या नेपाल आइडल । ज्वलन्त उदाहरण हामीले हेरी सक्यौँ द भ्वास नेपालको । पूर्वकी चेली मोरङ उर्लाबारी निवासी मेचु धिमाल किन आज बाहिरीन यी बहिनी ? के उनको गायीकी नराम्रो थियो ? हुन त कतिपयलाई राम्रो लाग्ला कति पयलाई नराम्रो लग्ला आ–आफ्नो धारण हो । तर पैसा भएपछी कला वा गला को सम्मान नहुँदो रहेछ ।
मेचु एक गरीब परिवारकी छोरी हुन् । मेचुको परिवारले मेचुलाई अघि बढाउन पैसा पनि थिएन र सकेन । तर यो कुरा आम नेपालीले बुझेनन् वा बुझ्न सकेनन् । नेपाल आइडलका पहिलो विजेता बुद्ध लामाले पनि एक युटुब भिडियोमा भनेका थिए पैसा खर्च गरेर शो जित्नु भनेको मुर्खता हो । आज लामाले भनेको कुरा सत्य हो जस्तो लाग्छ कला र गला चिनौ र अघि बढौँ भन्ने उनको बुझाइमा पाइन्छ । आज किन मेचु बाहिरीनु पर्यो ? सायद यसको मुख्य कारण मोरङको उर्लाबारी बासीलाई थाहा हुनुर्पछ । नेपाल आइडल हुदा निशान भट्टराईलाइ जिताउन हजारौँ उत्रिए, मिस नेपालमा निकीता चान्डकलाई जिताउन सबैले सहयोग गरे तर आज आफ्नै ठाउँको चेली द भ्वाइसमा पुग्दा यीनिहरु मौन बसे । उर्लाबारी बासीले मेचुलाई भोट नदिनुको कारण यस्तो रहेछ, सबैलाई दुःख गरेर जितायौँ आफ्नै स्थानमा वा शहरमा कार्यक्रम गर्दा बोलाउदा नआउने, भ्यउदिन भन्ने र पैसाको बार्गेलिङ । हामीले भोट दिएर जिताए पनि भोली हामीले बोलाउद आउदैन्न यही सोचाइले भोट नगरेर आज मेचु बाहिरीएको अनुमान छ ।
यस्तो रियालीटी शो नहुनु भन्दा भएकै राम्रो हो । यस कार्यक्रमले स्वदेश तथा विदेश भर चिनाउने काम गरेको छ वा गराएको छ । तर पैसा हुने अघि बढ्ने नहुने सधै पछाडी, यस्ता रियालीटी शो कला वा गला भएकोले हैन पैसा हुनेले जित्ने रहेछ भन्ने महसुस पक्कै गरौँ होला ।
यस किसिमको खेललाई रोक लगाउनु पर्छ सम्बन्धित निकायले । करोडौँको भोट नेपाली वा विदेशीले गर्छन यसको फाइदा नेपाल सरकारलाई के हुन्छ ? यदी फाइदा हुन्छ भने यस्तो शो रोकीन्न । कीनकी देश नै कमसिनमा चलेको छ । यदि यस्तो होइन भने, कमीशन वा देशलाई फइदा हुन्न भने नेपाल सरकारले यस्तो कार्यक्रम रोकलगाई परिवर्तन गनु पर्छ । एक व्यक्ति एक भोट हरेक रियालीटी शो मा भैदिए कला र गला को सम्मान हुन सक्छ । हुनेले करोडौँ रुपैयाँ खर्चगरेर भोट हाल्छन कला र गला को के सम्मान ?
यो लेखकको निजी बिचार हो ।