कुमार खड्का, मंसिर १४ पथरी ।
पथरीमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरले लगातार चरम रुपमा लापर्वाही गर्ने गरेको पाइएको छ । पछिल्लो समय डिपार्टमेन्टको पथरी शाखाले ग्राहकलाई फोहोर पानी खुवाउने गरेको पाइएको हो ।
समय समयमा विवादमा आउने गरेको गोर्खाले अझैपनि लगातार लापर्वाही गर्ने गरेको पाइएको छ । स्टोरले ग्राहकले पिउनका लागि राखेको जारको पानीमा लेउ नै लेउ भेटिएको छ ।
यति मात्र हैन केहि समय अगाडी पनि गोर्खा बेकरीको उत्पादन रहेको पाउरोटिमा ध्वासो र किरा भेटिएको थियो भने गोर्खाकै किचनको खानामा साङलो पनि भेटिएको थियो ।
पानी पिउनका लागि पुग्ने ग्राहकले जार देखेर छक्क पर्ने गरेका छन् । तिब्र गुनासो बढेपछि हामीले रिपोटिङ गर्न पुग्दा जार वर्षौँ देखि सरसफाइ नगरेको जस्तो देखिएको थियो ।
पानीमा लेउ लाग्नु त स्वभाविक नै हो तर यसरी ग्राहकको स्वास्थ्यको समेत ख्याल नगरी लामो समय सम्म पनि सरसफाइ नगरिनुले गोरखाले मानव स्वास्थ्यमा चरम लापर्वाही रहेको पाइएको छ ।
आम ग्रहकको पहुँचमा राखिएको जारमा आफैँले दैनिक रुपमा पानी भर्ने र राख्ने गरेको स्टोरको पथरी शाखाका प्रमुख नर बहादुर बुढाथोकीले बताएता पनि सो कार्या नभएको भेटिएको छ ।
उनले भने ‘हामीले पथरी खानेपानीको ट्याङ्कीबाट पानी ल्याउने र आफ्नो फिल्टरमा समेर राखेर स्वच्छ बनाउने गरेका छौँ । शुद्ध
बनाइसकेर पानी पाइपको माध्यमबाट वितरण हुन्छ ।
वितरित पाइपबाट नै हामीले जारमा भरेर ग्राहकका लागि राख्ने गरेका छौँ । हाम्रा कर्मचारीले समयमा सरसफाइ नगरेका कारण लेउ लागेको हो ।
हामी तत्काल यो जार सफाइ गर्ने र परिवर्तन गर्ने छौँ ।’ यसो त बुढाथोकीले आफ्नै कर्मचारीको गल्ती भएको र त्यसलाई सच्याउने पनि स्वीकारेका छन् ।