• बाहुण्डाँगी । हेटौँडा जेसीजको यस वर्षको जेसीज सप्ताह सम्पन्न भएको छ ।
    सामाजिक क्षेत्रमा उत्कृष्ट ९ वटा कार्यक्रमका साथ जेसीज सप्ताह उत्कृष्ट रुपमा सम्पन्न गरेको हो ।
    मसिर ७ गते उद्घाटन भएको सप्ताह अन्तर्गत खुल्ला दौड प्रतियोगिता, जेसीज र बैर्कसबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, कलेज पढ्ने विद्यार्थीहरुका लागि पब्लिक स्पिङिक कार्यक्रम, रक्तदान तथा निःशुल्क मधुमेय जाँच, अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता, अन्तर विद्यालय चित्रकला प्रतियोगिता, जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता र शैक्षिक सामाग्रीसहित सप्ताह समापन भएको हो ।
    सप्ताहको समापन समारोहमा बोल्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले सामाजिक क्षेत्रमा हेटौँडा जेसीज अतुलन्य योगदान पु¥याउँदै नेपाल जेसीजमै फरक पहिचान बनाएको बताउनु भयो । उहाँले जेसीज ले युवाको व्यक्तित्व र नेतृत्व विकासमा काम गर्ने भएकाले यस अर्थमा हेटौँडा जेसीज अब्बल रहदैँ यहाँका हरेक युवाहरुको विकासमा लागि परेको बताउनु भयो ।
    कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष पौडेलले नेपाल जेसीजका बोर्डका पदाधिकारीहरुको सबै भन्दा धेरै सहभागितामा जेसीज सप्ताह समापन भएको यो नै पहिलो भएकाले पनि बधाइको पात्र भएको बताउनु भयो ।
    नेपाल जेसीजको चौथो बोर्ड बैठक हेटौँडामै शनिवार सञ्चालन हुने र सप्ताह शुक्रवार भएकाले पनि संयोग मिलेको थियो । जसमा अधिकांश पदाधिकारीको सहभागिता रहेको थियो ।
    शाखाका अध्यक्ष सन्देश डिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा शाखाका पूर्व अध्यक्ष कृष्ण कटुवाल, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष तथा निरुपित रमेश चन्द्र भुषाल, छिमेकी शाखाहरुको तर्फबाट वस्तीपुर जेसीजका अध्यक्ष सुलिन अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रममा नेपाल जेसीजका महासचिव सिनेटर अभिषेक श्रेष्ठ, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्षहरु श्याम सुन्दर पौडेल(मिलन), सिनेटर रबिन पोखरेल, अमिश ढकाल, राष्ट्रिय उपाध्यक्षहरु कृष्ण प्रसाद अर्याल, सिनेटर कमल भण्डारी, सिनेटर इनु थापा, सिनेटर रुकमणी सिग्देल, हरि शर्मा, लालमणी भण्डारी, भोजराज चापागाइ अर्जुन अधिकारी, गोकुल सापकोटा, पूर्व कार्यकारीणी उपाध्यक्ष अशोक शंकरको सहभागिता रहेको थियो । यसैगरी छिमेकी शाखाहरु बसामाडीका अध्यक्ष सरोज अधिकारी, हेटौँडा लेडी जेसीजकी अध्यक्ष सुष्मा लटौला खरेल, चन्द्रनिगापुर सिटीका अध्यक्ष निर्मल भण्डारी, पर्सा खैरेनी जेसीजका अध्यक्ष शंकर कडेल, गितानगर जेसीजका अध्यक्ष कृष्ण सापकोटा, सारदानगर जेसीजका अध्यक्ष सन्तोष घिमिरे, गोर्खा जेसीजका अध्यक्ष राजिप अधिकारी, पथरी जेसीज अध्यक्ष मान बहादुर दियाली, झुम्का जेसीजका अध्यक्ष पुष्प कार्की, शाखाका पूर्व अध्यक्षहरुहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
    सहभागि सबै अतिथिहरुलाई शाखाका अध्यक्ष सन्देश डिसीले मायको चिनो प्रदान गर्नु भएको थियो ।
    सप्ताहको अवसरमा उत्कृष्ट कार्यक्रमको भूमिहा निर्वाह गर्ने अमित आचार्यलाई पुरस्कार प्रदान गरिएको थियो ।
    सप्ताहका लागि समापन कार्यक्रम संयोजक सरोज गहतराज, सप्ताह मुल संयोजक शिवकुमार श्रेष्ठ, शाखाको मुल कार्यक्रम संयोजक दिपेश जोशी रहनु भएको थियो । सहभागिलाई धन्यवाद तथा सहयागी सबैलाई आभार प्रकट शाखाका अध्यक्ष डिसीले धन्यवाद मन्व्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष संगित श्रेष्ठले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…