•  

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीनेकपा का ५० नेताहरु एकैपटक चीन जाने भएका छन् । चिनियाँ कम्यूनिष्ट पार्टीका महासचिव तथा राष्टपतिको निमन्त्रणामा नेकपाका उच्च तहका ५० नेताहरु एक पटक चीन जान लागेका हुन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा अध्यक्ष दाहालसहित स्थायी र केन्द्रीय कमिटीका नेताहरु चीन जान लागेका छन् । दुई बर्षभित्र नेकपाका सवै केन्द्रीय सदस्य चीन जाने योजना बनाइरहेका छन् । पहिलो भ्रमण अध्यक्ष दाहालको नेतृत्वमा २४ मंसिरमा हुने भएको छ । २४ मंसिरमा स्थायी र केन्द्रीय कमिटीका नेताहरुको नेतृत्व गर्दै प्रचण्ड चीन जाने नेकपा विदेश विभागले जनाएको छ ।

    ‘चीनबाट अध्यक्षलाई सिधै निम्तो आएपछि नेकपाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जान लागेको नेकपा विदेश विभागले जनाएको छ , ‘भ्रमण दलमा करिब ५० जना रहने छन्।’

    चिनियाँ र नेपालका कम्यूनिष्ट पार्टीबीचको सम्बन्ध अत्यन्त राम्रो बन्दै गएपछि भारत तर्सेको छ । नेपालका लागि पूर्व भारतीय राजदूत रंजित रायले नेपालका कम्यूनिष्ट र चिनिया कम्यूनिष्टबीचको बढ्दो सम्बन्ध भारतका लागि खतरा भएको टिप्पणी केही दिनअघि दिएका थिए । पूर्वराजदूतले टिप्पणी गरेको केही दिन नबित्दै अध्यक्ष दाहाल ५० उच्च तहका नेताहरुको नेतृत्व गर्दै चीन जाने भएका छन् ।

    अध्यक्ष दाहालको प्रतिनिधिमण्डल फर्केपछि अर्को टोली फेरी चीन जाने भएको छ । दुई बर्षभित्र नेकपाका ४४५ केन्द्रीय सदस्यहरु चीन जानेगरी योजना बनाइएको छ । चिनिया कम्यूनिष्ट पार्टीका नेताहरु पनि नेपाल आउने भएका छन् । उनीहरु कुन संख्यामा कहिले आउने त्यो भने एकिन भइसकेको छैन ।
    वर्णन मिडियाले यस्तो भ्रमणलाई अन्यथा मान्दैन दुई देशका राम्रा काम कुरा साटासाट हुन्छ । त्यहाँको विकास देखिन्छ , कुनै प्रयोजनमा भारतले बोलाएर जादा पनि हुन्छ । तर निर्णय गर्दा नेपालको हीत अनुकुल काम गर्नु पर्यो कुरा यत्ति हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…