• कास्की – प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान जारी रहेको अवस्थामा कास्की– वडा नम्बर १६ मा बुथ कब्जाको प्रयास भएको छ । कांग्रेस पक्षका नेता तथा कार्यकर्ताले बुथ कब्जाको प्रयास गरेका बताइएको छ । यद्यपि, यसबारे निर्वाचन कार्यलयले बुझ्ने काम भइरहेको बताएको छ ।

    ‘१६ नम्बर वडामा बुथ कब्जाको प्रयास भएको खबर आएको छ । त्यहाँ के भएको हो, हामी बुझ्देछौं’, गण्डकी निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने । बुथ कब्जाको प्रयासपछि १६ नम्बर वडाको मतदान रोकिएको छ ।

    अरु मतदातासँगै लाइन बसेर कास्की–२ की नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन्। पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय माविबाट उनले पौने १० बजे मतदान गरेकी हुन्।

    यो समाचार पनि पढौँ ।
    पोखरा / कास्की–२ मा उम्मेदवार बने पनि अन्य क्षेत्रमा मतदाता नामावली भएकाले अधिकांश उम्मेदवारले आफैंलाई मतदान गर्न पाउने छैनन्। पाँच राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारबाहेक अरुले आफूलाई मत दिन नपाउने भएका हुन्।

    नेकपा उम्मेदवार भट्टराईले पोखरा–३३ बाट मतदान गरेकी छन् ।साझा पार्टीकी रजनी केसीले पोखरा–४ बाट मतदान गरेकी छिन्।

    राप्रपाका रोमबहादुर भण्डारीले पोखरा–१५ बाट मतदान गर्दैछन्। यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैंलाई मतदान गर्न पाउने भाग्यमानी हुन् । उनले पोखरा–२१ बाट मतदान गर्नेछन्। राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा–७ की मतदाता हुन्।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…