२०७६ मंसिर १४ शनिवार
कास्की ! मतदान चलिरहेकै बेला कास्की क्षेत्र नं. २ मा मतदानस्थल नजिकै बम बिष्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएपछि मतदाताहरुको भागाभाग भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको हो । मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको छ तर त्यहा वरपरको वातावरण भने त्रसित बनेको छ । बम बिष्फोट कसले गराएको भन्नेबारे अहिलेसम्म केही नखुलेको प्रहरीको बताएको छ ।