काठमाडौं / भोट गर्न बृद्धबृद्धा मतदान स्थलमा पुगेका छन्। नाति र छोराको बुइ चढेर बृद्धबृद्धा मतदान गर्न पुगेका हुन्। दाङको बबई गाउँपालिका वडा नम्बर ७ चरकमटिया निवासी ९७ वर्षकी सेती बोटेले मतदान गरेकी हुन्।
१९७९ चैत २७ गते जन्मिएकी बोटेले आफ्नो मताधिकार प्रयोग गरेकी हुन्। बिहान ७ बजेदेखि जारी मतदान प्रक्रिया बेलुका ५ बजेसम्म चल्ने छ।
प्रदेशसभा सदस्यलाई निर्वा्चित गराउन ६८ हजार ७ सय १९ जनाले मतदान गर्ने छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जनाले भोट हाल्ने छन्।