• देशको विभिन्न ३७ जिल्लाको ५२ स्थानमा भएकाे उपनिर्वाचनमा मतदान शान्तिपूर्ण रुपमा भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै ठाउँमा शान्तिपूर्ण निर्वाचन भएको बताए । साँझ ५ बजेसम्म मतदानका लागि लाइनमा बस्नेले मतदान गर्न पाउने उनले जानकारी दिए ।

    ‘लगभग मतदान सकिएको छ,’ उनले भने, ‘विवरण आउने क्रम जारी छ । हामीले ७० प्रतिशत मतदान हुने प्रारम्भीक अनुमान गरेका छौं ।’

    पोखरा
    प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतदान सकिएको छ । साँझ ५ बजेसम्ममा करिव ६५ प्रतिशत मतदान भएको प्रारम्भीक अनुमान रहेको कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए ।

    अर्धाखाँची
    अर्घाखाँचीमा ७३ दशमलव ८९ प्रतिशत मत खसेर मतदान सम्पन्न भएको छ । कुल तीन हजार ११ मतदाता रहेको ठाउँमा एक हजार दुई सय २४ महिला र एक हजार एक पुरुष गरी दुई हजार दुई सय २५ ले मतदान गरेका छन् ।

    लमजुङ
    लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाअध्यक्ष पदमा भएको निर्वाचनमा ६६ दशमलव ३० प्रतिशत मतदान भएको छ । कुल दुई हजार दुई सय ९७ मतदाता रहेको दुई वटा मतदानस्थलको तीनवटा मतदान केन्द्रमा एक हजार पाँच सय २३ मत खसेको हो ।

    डोटी
    आदर्श गाउँपालिका २ कालिकास्थानमा ६५ प्रतिशत मतदान भएको छ । कुल दुई हजार चार सय ५९ मतदाता रहेको उक्त वडाको तीन मतदान केन्द्रमा एक हजार पाँच सय ९३ मत खसेको हो ।

    रोल्पा
    रोल्पाको थबाङ गाउँपालिका १ को वडाअध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा दुई सय नौ मत खसेको छ । कुल एक हजार दुई सय ७४ कुल मतदाता रहेको गाउँपालिकामा दुई सय नौ मत खसेको हो ।

    मतगणना सकेर आजै विजयी घोषणा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…