• देबु बानियाँ
    बाहुण्डाँगी ।म्याग्दी जेसीजको आयोजनामा भएको अन्तर मावि फुटबल प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट आवासिय माविले लगातार तेस्रो जित हासिल गरेको छ । शनिवार सम्पन्न फाइलन खेलमा बुद्ध एकाडेमीलाई फराकिलो गोल अन्तरले हराउँदै वेष्ट प्वाइन्टले जेसीजक कपको उपाधी माथि कब्जा जमाएको हो । शाविकको विजेता वेष्ट प्वाइन्ट ह्याट्रिक गर्ने तयारीका साथ मैदानमा छिरेको थियो भने बुद्ध एकाडेमी वेष्ट प्वाइन्टलाई ह्याट्रि रोक्ने दाउका साथ मैदान पसको थियो । तर वेष्ट प्वाइन्टका लागि एकाडेमीको कुनै रणनीति सफल हुन सकेन । खेलमा ८–१ को फराकिलो गोल अन्तरले पछि पार्दै जिल्लाकै अब्बल टिमको रुपमा प्रमाणित गरयो । जितसँगै वेष्ट प्वाइन्टले नगद ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पारेको छ । यसैगरी लगातार तेस्रो पटकको विजेता वेष्ट प्वाइन्टले जेसीज कप रनिङ्ग शिल्ड आफ्नो कब्जामा पारेको छ ।
    उपविजेता बुद्ध एकेडेमी आवासीय माविले ३१ हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । यसैगरी प्रतियोगिताको अनुशासित विद्यालयको रुपमा दरबाङको केबी एकेडेमी बोर्डिङ स्कुल सात हजार ७ हजार ७७ रुपैयाँबाट सम्मानित भएको छ ।

    बुद्ध एकेडेमीका टिम क्याप्टेन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । यसैगरी न्यु वेष्ट प्वाईन्ट आवासीय माविका टिम क्याप्टेन तेजिन घर्ति मगर उत्कृष्ट डिफेण्डर, प्रतियोगिता अवधिभर १२ गोल गर्न सफल न्यु वेष्ट प्वाईन्ट आवासीय माविका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता, न्यु वेष्ट प्वाईन्ट आवासीय माविका आदित्य बिक मिडफिल्डर,सामुदायीक माविका विजय छिनाल स्ट्राइकर,न्यु वेष्ट प्वाईन्ट आवासीय माविका सज्जन बराइली गोलरक्षक र बेनी सामुदायीक माविका गौतम केसी द राइजिङ प्लेयर ,न्यु वेष्ट प्वाईन्ट आवासीय माविका खेल शिक्षक दिपेन राई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएको फुटबल प्रतियोगिताका प्रवक्ता एवम् म्याग्दी जेसीजका कार्यकारी उपाध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सम्मानित सबैलाई २ हजार पाँच सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बताउनुभयो ।

    गत मंगलबार देखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले भाग लिएका थिए । विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगितोको आयोजना गरिएको आयोजक जेसिज म्याग्दीका अध्यक्ष खम थापा मगरले बताउनुभयो ।

    चन्दा सहयोग जुटाएर पनि खेललाई निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रतियोगिताले फुटबलप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै क्षमताको विकास हुने अध्यक्ष थापाको विश्वास छ ।
    सामसुङ मोबाइलको अधिकृत विक्रेता नरेश मोबाइल सेन्टरले टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर रारा गुरुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले बताउनुभयो ।
    फाइनल खेलमा शाखाका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व अध्यक्ष धनन्जय श्रेष्ठलगायत शाखाका पूर्व अध्यक्ष तथा म्याग्दीका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । फाइनल खेलको पूर्व सन्ध्यामा जेसीज टिम र बेनीको भट्रान फुटबल खेलाडीहरुबिच मैत्रीपूर्ण फुटबल समेत आयोजना भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…