धरान उपमहानगरपालिकाको मेयर पद र वडा नं. ७ को लागि भएको निर्वाचन सम्पन्न भएसँगै मतगणना स्थलमा कडा सुरक्षा सहित मतपेटिका ल्याईएको छ ।
यहाँ २ वटा सिसिटिभी राखेर निगरानी गरिने भएको छ । धरान १५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थलको तयारी सम्पन्न गरिसकिएको छ ।
मतगणना गर्ने गणक र उम्मेदवारका प्रतिनिधिहरुबीच घेराबारा (ब्यारियर) राखिएको छ । विवादले मतपत्र च्यातिने सम्भावना भएकोले गणक कर्मचारी र उम्मेदवार प्रतिनिधिको बीचमा घेराबारा राखिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले टाकुरालाई जानकारी दिए ।
उनका अनुसार सिसि क्यामेराको निगरानीका आजै राती १० बजेबाट मतगणना सुरु गरिनेछ । धरानमा जम्मा ५९ प्रतिशत मात्र मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।