उर्लाबारी, १४ मंसिर/मोरङको उर्लाबारीस्थित जीवन बचाउ उपचार सेवा गृहको शनिबार सम्पन्न १४ औं साधारणसभाले शेरबहादुर कार्कीलाई अध्यक्षमा निर्विरोध निर्बाचित गरेको छ । गृहको उर्लाबारी–७ वैशाबारीमा नवनिर्मित सभाहलमा भएको साधारण सभाले कार्कीलाई दुई वर्षे कार्यकालका लागि सो पदमा निर्बाचित गरेको हो ।
गृहका उपाध्यक्षमा टेकबहादुर बस्नेत, सचिवमा अम्विका निरौला, कोषाध्यक्षमा पवन थापा तथा सदस्यहरुमा सन्तोष बुढाथोकी, इन्दिरा रिजाल, मञ्जु परियार, अशोक थापा र हर्कबहादुर तामाङलाई चयन गरेको छ ।
सो साधारणसभाले गृहको लेखा समिति समेत चयन गरेको छ । यस समितिका संयोजकमा जितबहादुर विश्वकर्मा तथा सदस्यहरुमा गोपाल गौतम र प्रेमकुमारी खड्का रहेका छन् ।