२०७६ मंसिर १४ शनिवार
मोरङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जिल्ला समिति सदस्य दीपक आचार्य शनिवार मोरङको पथरीशनिश्चरेबाट पक्राउ परेको छ ।
शनिवार अपरान्ह साढे २ बजे नगरपालिका-२ साधुटोल स्थित आफ्नै घर नजिकबाट ४२ बर्षिय आचार्य पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी लक्ष्मिराज अधिकारीले बताए ।
पक्राउ परेका आचर्यले गत साउन १५ गते पथरीशनिश्चरे ६ मा रहेको एनसेलको टावरमा आगो लगाएर फरार रहेको डीएसपी अधिकारीले बताए । उनलाई भोलि मंसिर १५ गते म्याद थप गर्ने प्रहरीले जनाएको छ ।