• काठमाडौं । यतिवेला देशव्यापाी रुपमा चर्चा छ,केवल द भ्वाईस अफ नेपाल सिज २ को । टप ८ बाट बिभिन्न कोचका आफ्ना आफ्ना प्रतिस्पर्धीहरु छानिसकेका छन् । टप ४ को स्पर्धा झनै कडा र रोचक देखिने लगभग पक्कापक्की छ ।
    जर्जको हात आयोजकले अब जनतालाई छोडिदिएका छन् । यहि स्पर्धामा ईतिहास रच्ने तयारीमा छन्, सनिश श्रेष्ठ । अब्बल भ्वाईसका धनि सनिश सानैदेखी गीत गाउँथे, गीतसँगीतमै उनको लगाभ थियो । आमाबुबा त्यतिवेला नै भन्थे, सनिसलाई हामीले गीत गाउँनै छोडिदिएको हो, खै के गर्ला यसले । कपियले भन्थे, फलानो को छोरो बिग्रीयो ।
    मनमा बिजे पनि प्रवाह थिएन्,आमा बुवालाई । तर चिन्ता थियो, के गर्छ यस्ले पछि । काहाँ छोरा बिग्रनु छोरोले नाम राख्यो, जिन्दगीकै खुशी थियो ।
    हामीले आफ्नो छोराको रुचिमा साथ दिएर ठिक गरेछौ, बुवा बिजय श्रेष्ठ बताउन् ।



    आमा बुबाको सपना छोरा सनिसले पुरा गरिदिँदा खुशीको सिमा छैन् । त्यतिकै जिम्मेवारी पनि उत्तिकै बढेको छ ।
    सनिशले मन सबैको जितिसक्यो, अब मत पनि जित्नेमा आमाबुवा आशावादी छन् । आमा जमुना र बुबा बिजय श्रेष्ठ भन्छन्,‘सनिश सेलिब्रेटी भइसक्यो, उस्लाई अघि बढाउने हात सम्पूर्ण नेपालीमा छन् । ’
    दी भ्वोइसमा आगामी चरणमा प्रवेश गर्नका लागि भोट आवश्यक पर्ने भएकाले भोटिङ गरेर सहयोग र्पुयाइदिन सनिशकी आमा जमुना ढकाल श्रेष्ठले आग्रह गरेकी छिन्, साँथै यहाँ सम्मको साथ सहयोगलाई धन्यवाद तथा आभार ।
    ‘सनिशको लक्ष्यले सांगीतिक जगतमा योगदान र्पुयाउने नै भएकाले अहिले हामीले हौसला प्रदान गर्नुपर्ने छ,’ जमुना भन्छिन्, ‘त्यसका लागि भोट गर्नुहुने सबैमा मेरो विशेष आभार छ, धन्यवाद छ, यो सहयोग जारी रहने अपेक्षा गरेकी छु।’

    https://www.youtube.com/watch?v=O4MNlA8f6Vw&fbclid=IwAR0I6kJKjxDPn7utAgyxBZF5XUYJc-8eoDetd-HAw_JpCFJmnGYmqvhm3Ec

    अन्य गीत भन्दा अप्ठेरा गीत भागमा परेपनि सनिस जुनसुकै गीत पनि उत्कृष्ठ गाउँछन् ।
    सनिशलाई स्वर र रुपले पनि साथ दिएको छ, जसको कारण उनी प्रमुख दाबेदार हुन् । ‘हाम्रा भन्दा पनि राम्रा स्पर्धी’ भएकै कारण उनलाई के हिमाली के पहाडी के पुर्वेली के पश्चिमेली नभनि ‘नेपाली’ हो भनेर भोट आईरहेको छ । जसको कारण उनी पटक पटक सेभ हुँदै अघि बढेका छन् । सनिसको गायकी अब्बल र मन छुने छ भन्ने प्रमाण उनले अडिसन राउण्डमा गाएको ‘लै लै’ को भ्यूज हेरे पुग्छ । जसको भ्यूज साठी लाख क्रस छ ।

    https://www.youtube.com/watch?v=a0ChXOTYr2U

    सामाजिक सन्जालमा मंगोलियन ब्वाई राम लेख्छन्, सनिसको स्वर युनिक छ, सनिसलाई जिताउनुपर्छ ।
    मगर्नी कबु पनिको धारणा यस्तै छ, अमेजिङ भ्वाईस छ सनिकसको अल्वेज सर्पोट सनिसलाई ।
    दिक्षा तामाङ भन्छिन्, ‘उस्को गीत गाउँने स्टाईल छुट्टै छ , अनि भ्वाईसको त कुरै नगरौं मोहित बनाउछ । ’
    प्रेमा त्यासी स्याङ्वोको भनाई अलि फरक छ, सनिसको राम्रो पनि छ,गीत पनि राम्रो गाउँछन्, हाम्रो भनेर हुँदैन राम्रो भनेर सपोट गरेको हो ।
    यी यस्तै प्रतिक्रियाहरु पाईरहेका छन् सनिसले । जर्जहरुको मन पनि जितेका छन् । प्रतिस्धर्पीहरुको भीडमा सनिस अब्बल सावित भईरहँदा आइडल जित्ने पक्का पक्की छ । यद्यपि, सबैको साथ सहयोग आवश्यक छ,आमा जमुना ढकाल भन्छिन् ।


    यसो भन्छन् सनिश
    बाल्यकालमा कहिलेकाहीँ मूलथलो गोरखा जाने गरिन्थ्यो। त्यहाँ हजुरबुबाले भजन गाउनुहुन्थ्यो। उहाँले गाएको देख्दा रमाइलो लाग्थ्यो। त्यहाँ भएका बाजागाजा बजाउन मन लाग्थ्यो। यसरी नै गीत–संगीतमा रुचि जाग्यो। कक्षा ८ मा हुँदा मैले गिटार बजाउन थालिसकेको थिएँ। गीत पनि गाउन थालेको थिएँ। अन्य बाजा पनि बजाउँथेँ। म्युजिकमा बढी ध्यान गएपछि पढाइ बिग्रँदै गयो।

    https://www.youtube.com/watch?v=CFFyRlv4LyU

    प्लस टूमा म्युजिक पढ्न थालेँ। तर, पढाइलाई निरन्तरता दिन सकिनँ। कलेज छाडेपछि विगत तीन वर्षदेखि घरमै गिटार बजाउँदै गीत गाउँदै गरेको छु। तीनटा कभरसङ गरेको छु। द भ्वाइसमा छनोट भएपछि आमाबुबा निकै खुशी हुनुहुन्छ। यस कार्यक्रमबाट मैले जेजति सिकेको छु, त्यसले मेरो सांंगीतिक जीवनलाई अगाडि बढ्न बसघाउन र्पुयाउनेछ। मेरो जीवनमा संगीतका अगाडि अरू सबै कुरा अर्थहीन छन् । गीतमा जिउनुको अर्थ पाउँछु। सबैमा जनामा हृदय देखि नै धन्यवाद । अनमोल सहयोग लागि ।

    https://www.youtube.com/watch?v=WWiclR8UNQY&feature=youtu.be&fbclid=IwAR3lfe1H9GEUOnVZvjRuEarFm_9HBgrTqpVYugbvdgEe-AOX5mLTEiLDMYU

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…