काठमाडौं । नेकपाका दोस्रो अध्यक्ष प्रचण्ड अर्थात प्रचण्डमय भनेको चितवनका ३ वटै वडामा कांग्रेस विजयी भएको छ ।
चितवनले यस उपनिर्वाचनमा प्रचण्डलाई जिल्ल पारेको छ । आफ्नै गृह जिल्ला तथा निर्वाचन क्षेत्र एवं छोरी रेणु दाहाल मेयर भएको भरतपुर महानगर रहेको चितवनमा भएको उपनिर्वाचनले प्रचण्डलाई खिज्याएको हो।
चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डकी पुत्री रेणु दाहाल मेयर छिन्। प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका १६ मा कांग्रेसको जीत धेरै हिसावले अर्थपूर्ण छ।
वडा अध्यक्षमा अमृत हमाल विजयी भएका हुन्। यसअघी चितवनमा भरतपुर महानगर तत्कालिन माओवादीलाई छोड्दाको पीडाको बदला पनि स्थानिय कांग्रेस नेता कार्यकर्ताले लिएका छन्। जुन कांग्रेस नेतृत्वलाई समेत स्पष्ट सन्देश हो।
भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल, खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत ५ मा प्रतिमा कार्की विजयी हुँदा सत्तारुढ दलले एउटा वडामा पनि जित्न सकेनन्। खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेदबहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।
नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा कांग्रेसले जितेको छ।
नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्।
कांग्रेसले वैतडी र अर्घाखाँचीमा पनि जीत हासिल गरेको छ। अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् ।
यसैगरि बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।
कञ्चनपुरको पुनर्वास र रोल्पाको थवाङमा नेकपाका वडाध्यक्ष विजयी
उपचुनावको नतिजा आउन थालेको छ। थोरै मतदान भएको ठाउँको मत परिणाम आउन थालेको छ। कञ्चनपुरको पुनर्वास र रोल्पाको थवाङको नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार दुवै ठाउँमा नेकपाका वडाध्यक्ष विजयी भएका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन् ।
तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।
रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेकपा नै विजयी भएको छ ।
नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेको सो वडामा अहिले भने नेकपाका जनकबहादुर बुढामगर १७४ मत ल्याएर वडाध्यक्षमा विजयी भए।