• भक्तपुर । भक्तपुर १ (क) मा भएको उपनिर्वाचमा नेपाली कांग्रेस विजयको नजिक पुगेको छ । यस क्षेत्रका १० वडामध्ये ७ वटा वडाको मतगणना पूरा भएको छ । जसमध्ये २ हजार ४ सय ३६ भोटले नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले अगुवाई गरेका छन् । भक्तपुर १ ९क० मा चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र भक्तपुर नगरपालिकाको १० नम्वर वडा रहेको छ ।

    पछिल्लो रिपोर्ट अनुसार मतगणना गरिएको करिब २२ हजार भोट मध्ये नेपाली कांग्रेसका उम्मेदवार भँडेलले १० हजार ३ सय ९५ भोट ल्याएका छन् । नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार डिपी ढकालले ७ हजार ९सय ५९ भोट ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निरज लवजुले २ भने हजार २सय ४७ भोट ल्याएका छन् ।

    निर्वाचन आयोगका अनुसार चाँगुनारायण नगरपालिकाका ९ वडा मध्ये ७ वडाको मतगणना पूरा भएको छ । अब मतगणना गर्न बाँकी ८ र ९ वडा मात्र छन् । भक्तपुर नगरपालिकाको १० नम्बर वडामा मतगणना गर्न बाँकी छ । भक्तपुर नगरपालिकामा नेमकिपाको प्रभाव छ । त्यसैले १० नम्बर वडामा नेमकिपाले अगुवाइ गर्ने अनुमान गरिएको छ ।

    बाँकी २ वटा बडामा नेपाली कांग्रेस र नेकपाको प्रभाव बराबरी जस्तो छ । यसबाट भक्तपुर १ ९क० मा विजयीको सम्भावना बढ्दै गएको छ । मतगणनाको परिणाम आएसँगै भक्तपुर कांग्रेसका नेताहरु उत्साहित भएका छन् ।

    ‘हामी विजयीको नजिक पुगेका छौ । यसबाट हामी उत्साहित भएका छौ,’भक्तपुर कांग्रेसका सभापति दुलर्भ थापाले भने । यस उपनिर्वाचनमा नेमकिपाको प्रभाव अघिल्लो चुनाव भन्दा यसपटक झन घटेको देखियो भने राप्रपाको स्थिति अरु दयनीय देखिएको छ । राप्रपा ९संयुक्त० बाट उम्मेदवार दिएका रामशरण लामिछानको उम्मेदवारी भने निर्वाचन आयोगले खारेज गरेको थियो ।

    अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए । गत वर्ष हृदयघातबाट उनको निधन भए पछि भक्तपुर १ ९क० खाली थियो । भक्तपुर १ ९क०को प्रदेश सभाको उपनिर्वाचन सबैको चासाको विषय बनेको छ । यस निर्वाचनलाई प्रमुख राजनीतिक दलहरुले आफनो प्रतिष्ठा बनाएका छन ।

    भक्तपुर १ ९क० राजधानी काठमाडौसँग जोडिएको क्षेत्र भएकोले पनि यस क्षेत्रलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका हुन् ।

    हाम्राकुराबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…