धरान । गत स्थानिय तहकाे निर्वाचनमा १७ नं. वडामा तत्कालिन नेकपा एमालेले १३९५ र माअाेवादी केन्द्रले १८९९ गरी ३२९४ मत प्राप्त गरेकाे थियाे । त्यसबेला नेपाली कांग्रेसले १०३२ मत ल्याएकाे थियाे । यस पटक नेकपाले २२६५ मत ल्याउदा कांग्रेसले २२२५ मत ल्याएकाे छ । अघिल्लाे निर्वाचनकाे तुलनामा कांग्रेसले दाेब्बर भन्दा बढी मत ल्याएकाे छ ।
माअाेवादी केन्द्रका मनाेज भट्टराइ १७ नं. वडामा निर्वाचित भएका थिए । धरानका २० वटा वडा मध्ये तत्कालिन माअाेवादी केन्द्रले १७ नं. वडामा मात्रै जित हाँसिल गरेकाे थियाे । १७ नं. वडामा मनाेज भट्टराइ लाेकप्रिय भएकै कारण विजयी भएकाे बताइदै अाएकाे थियाे । अहिले साेही कारण नेकपाकाे मत घटेकाे विश्लेषण गरिएकाे छ ।