•  

     

    धरान उपमहानगरपालिकामा चार वटा वडाको मत गन्दा साझा पार्टीका उम्मेदवारले जम्मा पाँच भोट ल्याएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार उक्त पार्टीका मेयर पदका उम्मेदवार राजनकुमार श्रेष्ठले पाँच मत ल्याएका छन्।

    कार्यालयका अनुसार १७, १८, १९ र २० नम्बर वडाको मतगणना सम्पन्न हुँदा साझा पार्टीलाई जम्मा पाँच मत मात्र प्राप्त भएको हो।

    पछिल्लो मतपरिणाम अनुसार ९८५१ भोट गणना हुँदा नेकपा र कांग्रेस उम्मेदवारको तीव्र प्रतिस्पर्धा छ।

    नेकपा उम्मेदवार प्रकाश राई प्रकाश राई ४५७४ मतका साथ अगाडि छन्। कांग्रेस उम्मेदवार तिलक राई ४५१७ मतका साथ पछ्याइरहेका छन्। उनीहरूबीचको मतान्तर ५७ रहेको छ।

    धरान उपमहानगरपालिकामा ५५ हजार ११ मत खसेको छ। कूल मतदाता संख्या ९२ हजार ८५३ मध्येमा यति मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

     

    सिफारिस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…